नेपालगन्ज– जमुना सिमानाका क्षेत्रमा अवैध रूपमा सञ्चालन हुँदै आएका टेक्सी र अटो रिक्सा पार्किङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

जमुना सिमानाका क्षेत्रमा सडकको छेउछाउमा अनधिकृत रूपमा पार्किङ गर्दै सवारी जाम तथा अव्यवस्था फैलाउने काम भइरहेको भन्दै जमुना उपनिरीक्षक किरण प्रकाश मल्ला नेतृत्वको टोलीले शनिबार बिहानदेखि विशेष निगरानी र कारबाही थालेको हो।

कारबाहीको क्रममा अवैध रूपमा पार्किङ गरिएका सवारी साधनहरूलाई हटाउन निर्देशन दिइएको र केहीलाई जरिवाना समेत गरिएको प्रहरीले जनाएको छ।

उपनिरीक्षक मल्लाले भने, “सडक सबैको साझा हो। अवैध पार्किङ र सवारी जाम सहरको सौन्दर्यमा बाधक बन्दै आएको छ, त्यसैले अब कानूनी रूपमा मात्रै पार्किङ गर्न पाइनेछ।”

स्थानीयहरूले मल्लाको यो कदमको स्वागत गर्दै यस्तो नियमित रूपमा हुने कार्यले नेपालगन्जलाई अझ व्यवस्थित बनाउन सहयोग पुर्‍याउने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर