अनिश शाह

बाँकेको राप्ती सोनारी गाउँपालिकाले गत आर्थिक वर्षमा सवारी साधन मर्मत र इन्धनमा मात्रै १ करोड ३५ लाख बढी खर्च गरेको पाईएको छ ।

स्रोतका अनुसार पालिकाले गत आर्थिक वर्ष २०७९\०८० मा एक पेट्रोल पम्पलाई गरेको इन्धन भुक्तानीको विवरण हेर्दा इन्धनमा व्यापक अनियमितता भएको देखिएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९ \०८० मा मात्रै कार्यालय प्रयोजन, पदाधिकारी र अन्य प्रयोजनको शिर्षक राखि पेट्रोल र डिजल प्रयोगमा मात्रै बार्षिक ७६ लाख ९३ हजार ३ सय १९ रुपैयाँ खर्च गरेको पाईएको छ।

पालिकाको मनोमानी रुपमा कुप्पन दिदा इन्धनमा धेरै खर्च देखिएको छ । पेट्रोल पम्पले दिएको बिलमा पालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको फोन आदेशबाट, मौखिक आदेशबाट इन्धन दिएको उल्लेख छ । यसरी कुपन नै नकाटिएको तथा फोनकै आदेशको भरमा उधारो बिल पेश गरी भुक्तानी गरिएको पाइएको छ ।

यस्तै आर्थिक वर्ष २०७९\०८० मा पालिकाले सवारी साधन मर्मत खर्च अन्तर्गत ५८ लाख ३७ हजार १५८ रुपैँया खर्च गरेको छ ।

पालिकाले गत आर्षिक वर्षमा सवारी साधन र्ममत र खरिद समिति बनाएको भएपनि समितिलाई थाहा नै नदिई सवारी साधन मर्मतमा पनि व्ययापक भ्रष्टाचार भएको स्रोतले बताएको छ ।

पालिकाकाले शोहनलाल थारु, रामलखन थारु र केशव दमाईको नेतृत्वमा सवारी साधन मर्मत र नयाँ सवारी साधन खरिद समिति बनाएको थियो । तर प्रमुख प्रशासकिय अधिकृतले तोकेको ग्यारेजमा सवारी साधन मर्मत गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर