अनिश शाह

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका पछिल्लो समय भ्रष्टाचारको अखडा बन्दै गएको छ।

स्रोतका अनुसार मिडियालाई दिईने सूचना प्रकाशनमा प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा र लेखा अधिकृत गौरब कुमार लामिछानेलाई सूचना प्रकाशन बापतको केहि प्रतिशत रकम नदिए विज्ञापनको भुक्तानी नदिने गरेको खुलेको छ ।

पालिकामा गत आर्थिक वर्ष २०७९\८० मा मिडियाहरुलाई दिएको भुक्तानीलाई हेर्दा व्यापक अनियमितता भएको देखिएको हो ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९ \८० मा मात्रै पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन शिर्षक राखि ८९ लाख ३४ हजार ७ सय ३४ रुपैयाँ खर्च गरेको पाईएको छ।

पालिकाले गत आर्थिक वर्षको अन्तिम महिनामा मात्रै खरिद ऐन विपरित जिल्ला तथा जिल्ला बाहिरका सबै वर्गका मिडियाहरुलाई कमिसन बापतको केहि प्रतिशत खाएर भुक्तानी दिएको स्रोतले जनाएको छ ।

डेन्टर प्रकाशनमै कमिसन ?

राप्ती सोनारी गाउँपालिकले राष्ट्यि पत्रिकामा गर्ने टेन्डरमा समेत प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतले कमिसन लिने गरेका छन् ।

पालिकामा कहिल्यौँ नआउने पत्रिकामा स्थानीय पत्रकारको साथमा राष्ट्रिय पत्रिकामा गरिने टेन्डरमा भ्रष्टाचार हुने गरेको स्रोतले जनाएको छ । पालिकाले गर्ने हरेक डेन्टरको बिल भुक्तानी हेर्दा र उक्त पत्रिकाको विज्ञापन दर हेर्दा भ्रष्टाचार भएको प्रष्टै थाहा पाउँन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर