राप्ती सोनारी गाउँपालिकामा बेथिति भ्रमणका नाममा ४५ लाख भन्दा वढी खर्च, खै भ्रमण प्रतिवेदन ।

अनिश शाह

बाँकेको राप्ती सोनारी गाउँपालिकामा भ्रमणका नाममा बेथिति मौलाएको पाईएको छ । पालिकाले जनप्रतिनीधि र कर्मचारीहरुको भ्रमणका लागि गत आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरेको भए पनि उक्त रकम मध्ये केहि रकम भ्रमण नै नगरी खर्च गरेको पाईएको छ ।

स्रोतका अनुसार गाउँपालिकाले गत आर्थिक वर्ष २०७९ \८० मा भ्रमणका नाममा ४५ लाख १७ हजार ५५७ रूपौयाँ खर्च गरेको उल्लेख छ ।

गाउँपालिकाले भ्रमणका लागि दुई शिर्षक उल्लेख गरेको छ। दुई शिर्षकमा भ्रमण खर्च हालेको भएपनि गाउँपालिकाले कुनै पनि शिर्षकको भ्रमणको उद्देश्य भने नखुलाएको स्रोतले जनाएको छ ।

पहिलो शिर्षक ‘भ्रमण खर्च’ उल्लेख गरेको गाउँपालिकाले यो शिर्षकको भ्रमण खर्च ४५ लाख ४ हजार ८५७ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

यस्तै दोस्रो शिर्षकमा विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च उल्लेख छ । यो शिर्षकमा भने १२ हजार ७ सय रुपैयाँ खर्च गरेको उल्लेख छ ।

पालिकाले भ्रमणका नाममा यति ठूलो रकम खर्च गरेको भए पनि भ्रमणको उद्देश्य खुलेको छैन् र भ्रमण गरेको प्रतिवेदन बिनै पालिकाबाट रकम बुझेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार