भेरी अस्पताल नेपालगन्जमा CT स्क्यान सेवामा लापरवाही, सर्वसाधारण मारमा
नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा दिइँदै आएको CT स्क्यान सेवामा लापरवाही भएको भन्दै सर्वसाधारण बिरामीहरू आक्रोशित बनेका छन्। समयमै रिपोर्ट नआउनु, मेसिन पटक–पटक बिग्रिनु र कर्मचारीहरूको उदासिनताका कारण बिरामीहरूले ठूलो सास्ती भोग्नु परेको गुनासो छ।
बिरामीहरूका अनुसार रिपोर्ट पाउन दिनौं कुर्नुपर्ने, कतिपयले बाहिरको निजी संस्थाबाट महँगो शुल्क तिरेर सेवा लिन बाध्य हुने अवस्थासमेत सिर्जना भएको छ। आम नागरिकहरूले भेरी अस्पताल प्रशासनलाई तुरुन्त प्रभावकारी कदम चाल्न माग गरेका छन्।



