नेपालगञ्जमा रहेको संञ्जिवनी मेडिकल साइन्सेजले श्रम ऐन विपरित कर्मचारीहरुलाई मनोबैज्ञानिक दमन गरेको प्रति ६ विद्यार्थी संगठनले सिडिओलाई ज्ञापन पत्र बुझाएका छन् ।
शुक्रबार अनेरास्ववियु का अध्यक्ष प्रकाश विक, अखिल क्रान्तिकारी अध्यक्ष सुनिल बटाला, अनेरास्ववियूका इन्द्र बस्नेत, अखिल समाजबादिका कावा सभापति अशोक सि केसी, अनेरास्ववियू क्रान्तिकारीका संयोजकप्रकाश बिक, अखिल क्रान्तिकारी बहुमतका अध्यक्ष डिपि परिवारले प्रमुख जिल्ला अधिकारी धर्म राज जोशीलाई संञ्जिवनी मेडिकल भए पश्चात कर्मचारीहरुलाई मनोबैज्ञानिक दमन गर्ने, सरुवा गर्ने, अपमानजनक व्यवहार गर्ने व्यक्तिगत रुपमा कर्मचारीहरु लाई दबाब सृजना गर्ने, बिगतका सेवा सुबिधाहरु कटौती गर्ने जस्ता कार्यहरू गरिरहेकोले त्यसलाई रोक्न माग गरेका छन् ।
६ विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ पश्चिम नेपालको आर्थिक राजधानीको रुपमा स्थापित नेपालगन्जको गौरवको रुपमा रहेको नेपालगन्ज मेडिकल कलेजले विगत लामो समय देखि यस क्षेत्रका जनतालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्नुको साथै स्वास्थ्य क्षेत्रको उच्च स्तरको जनशक्ति उत्पादन गर्ने कुरामा ठूलो योगदान पुऱ्याउदै आएको कुरा सर्वविदितै छ । तर केहि महिना देखि नेपालगन्जको शानको रुपमा रहेको नेपालगन्ज मेडिकल कलेजको अस्तित्व नै समाप्त गर्ने गरि भएका गतिविधि प्रती हामी बाँके जिल्लामा कृयाशिल विद्यार्थी संघठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
बिगत केही महिना देखि त्यहाँ कृयाशिल आधिकारिक ट्रेड युनियनहरुले श्रमिकहरुको हकहितको माग राखी आन्दोलन गरेपश्चात आन्दोलनमा सहभागी कर्मचारीहरुलाइ श्रम ऐन अनुसार व्यवस्था गर्नु पर्नेमा त्यसको विपरीत गइ कर्मचारीहरुलाई मनोबैज्ञानिक दमन गर्ने, सरुवा गर्ने, लगाएत अपमानजनक व्यवहार गर्ने व्यक्तिगत रुपमा कर्मचारीहरु लाई दबाब सृजना गर्ने, बिगतका सेवा सुबिधाहरु कटौती गर्ने जस्ता कार्यहरू गरिरहेको छ भने अर्को तर्फ संस्थाको मुल गेटमा संन्जिवनी मेडिकल साइन्सेसको बोर्ड राखेको भएता पनि भित्री कारोबार लर्ड बुद्ध एजुकेसनल एकेडेमी प्रा. लि. को नाममा बिलबिजक जारी गर्ने कार्य अगाडि बढाएको स(प्रमाण फेला परे पश्चात् बाँके जिल्लामा हामी कृयाशिल विद्यार्थी संगठनहरुको गम्भीर ध्यानाकर्षण भएकोले दिन दहाडै राज्यलाई गुमराहमा राखी बाहृय रुपमा दर्ता नै नभएको अस्पतालको बोर्ड राख्ने र भित्री रुपमा कारोबार नेपालगन्ज शिक्षण अस्पताल कै नामबाट गरिएको हुँदा यथासक्य चाडो निज संस्थाका संचालक ब्यवस्थापक हरुलाइ कानुनी दायरामा ल्याइ हदैसम्म कार्वाही गर्नुका साथै बिगत लामो समय सम्म नेपालगन्जको गौरवको रुपमा रहेको नेपालगन्ज मेडिकल कलेज बिस्थापन गर्ने कार्य नगरियोस् भनी जोडदार माग गर्दछौं । हाम्रा यी मागहरू लाई गम्भीरतापुर्वक नलिएमा त्यसबाट उत्पन्न हुने परिणामको जवाफदेहि स्वयम् संस्थाका संचालक र सम्बन्धित निकायहरु नै जिम्मेवार रहने छ भन्ने जानकारी गराउदछौं उल्लेख छ ।



