बाँके । बाँकेकाे जानकी गाउँपालिकाले इन्धन वितरणमा ब्यापक दुरुपयोग गरेको पाइएको छ ।

गाउँ पालिकाले कार्यक्षेत्र र अधिकार क्षेत्र विपरित इन्धनमा मात्रै गत आर्थिक बर्षमा झण्डै ३५ लाख रकम खर्च गरेको पाईएको छ।

स्रोतका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७९ \०८० मा मात्रै कार्यालय प्रयोजन, पदाधिकारी र अन्य प्रयोजनको शिर्षक राखि पेट्रोल र डिजल प्रयोगमा मात्रै बार्षिक ३४ लाख ८७  हजार रुपैयाँ खर्च गरेको पाईएको हो।

पालिकाले इन्धन खर्चमा चरम दुरुपयोग गरेको पाईएको छ । इन्धनमा भएको खर्च विवरण हेर्दा मासिक वितरण प्रणालीअनुसार रहे पनि गाउँपालिकामा रहेका सवारीसाधनहरूमा विभिन्न समयमा प्रयोग भएको इन्धन खर्चको लगबुक नराखेको अवस्था छ।

पालिकाले इन्धन खर्चको मापदण्ड नबनाई खर्च लेख्दा इन्धनमा व्यापक अनियमितता भएको देखिन्छ ।

गाउँपालिका कार्यालयमा पालिका अध्यक्षदेखि कार्यालय सहयोयीसम्मले आफ्नो सुविधाअनुसार इन्धनको खपत गर्दै आएका छन् ।

इन्धन भुक्तानीको विवरण हेर्दा भारतीय नम्बर प्लेटका गाडीदेखि निजी नम्बर प्लेटका गाडीहरूमा इन्धनको नाममा पेश भएको बिलअनुसार भुक्तानी गरिएको छ ।

एकातिर गाउँपालिकालाई हाल विगतको दायित्व तिर्नुपर्ने अवस्था छ भने अर्कोतिर यसरी फजुल खर्च वृद्धि भैरहेको छ । जसले गर्दा आर्थिक वर्षहरूमा पुँजीगत खर्च न्यून रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर