फुल्टेक्रामा गौरव स्मृति फाउण्डेशनद्वारा  निःशुल्क स्वास्थ्य शिविर,५ सय बढीलाई सेवा प्रदान

अनिश शाह

बाँके । नेपालगञ्जको फुल्टेक्रामा अवस्थित हडियाबाबा मन्दिर परिसरमा साधु सन्त, भक्तजन तथा सर्वसाधारणहरूको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।

बिहिबार मन्दिर परिसरमा गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनको आयोजनामा भएको निःशुल्क स्वास्थ्य जाँचमा आँखा र कानका ५ सय बढी साधु सन्त, भक्तजन तथा सर्वसाधारणले सेवा लिएका छन् ।

नेपाल नेत्र ज्योति संघ फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा र ब्रिनोज स्वास्थ्य स्यहार केन्द्र फुल्टेक्राको संयुक्त सहकार्यमा निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको हो ।

श्री १००८ हँडिया बाबा मेलामा आएका साधु सन्त, भक्तजन तथा सर्वसाधारणहरूलाई मन्दिर परिसरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।, समाजसेवी प्रदिप शाहले भन्नुभयो– ‘फाउण्डेशनले स्वास्थ्य तथा अन्य क्षेत्रका विषयमा पनि निःशुल्क नागरिकहरूलाई सेवा प्रदान गर्ने गरेको बताउनुभयो ।

शिविरमा कान तथा आँखाका करिव ५ सय जनाले चेकजाँच गरेका थिए । ति मध्ये केहिलाई चस्मा र ओैषधी निःशुल्क वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनले विभिन्न समयमा गरिब, असहाय तथा स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका नागरिकका लागि स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखी निःशुल्कशिविर आयोजना गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर