अनिश शाह

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१, रामनगर पाझा मा भएको आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, नगद रकम तथा सुन–चाँदीसहितका बहुमूल्य सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

स्थानीयका अनुसार अचानक लागेको आगोले घरलाई केहीबेरमै नियन्त्रण बाहिर पुर्‍याएको थियो। आगलागीका कारण घरभित्र रहेका दैनिक प्रयोगका सामग्री, लत्ताकपडा, नगद तथा सुन–चाँदीका गरगहना समेत खरानी भएका छन्।

आगलागी भएपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरेका थिए। तर आगो तीव्र गतिमा फैलिँदा घरभित्रका अधिकांश सामान जोगाउन नसकिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनाबाट भएको क्षतिको यकिन विवरण भने अझै खुल्न सकेको छैन। आगलागी कसरी लागेको हो भन्ने विषयमा प्रहरी तथा सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेका छन्।

स्थानीयवासीले आगलागीबाट ठूलो आर्थिक क्षति भएको भन्दै पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउन सरोकारवाला निकायसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर