अनिश शाह

नेपालगन्ज-७ चैत

नेपालगञ्ज । गौतम बुद्ध बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई उद्यमशीलता सम्बन्धी व्यावहारिक ज्ञान र अनुभव प्रदान गर्ने उद्देश्यले अध्ययन अवलोकन भ्रमणअन्तर्गत नेपालगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा उद्योग, व्यापार र उद्यमका विविध पक्षबारे जानकारी दिँदै सहभागी विद्यार्थीहरूलाई व्यवसाय सुरु गर्ने प्रक्रिया, चुनौती र सम्भावनाबारे अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंका बहादुर धामी, बुद्धिजीवी विनोद अग्राहरी तथा व्यवसायी जे.आर. भुसालको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रशिक्षणका क्रममा वक्ताहरूले वर्तमान समयमा उद्यमशीलताको आवश्यकता, आत्मनिर्भर बन्ने उपाय तथा सिर्जनशील सोच विकासको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई प्रेरित गरेका थिए। उनीहरूले सीप, लगनशीलता र नविन सोचमार्फत सफल उद्यमी बन्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रमले विद्यार्थीहरूमा व्यावहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै आत्मविश्वास र सिर्जनशीलता विकासमा टेवा पुर्‍याएको सहभागीहरूको भनाइ रहेको छ। यस्तो किसिमको अध्ययन अवलोकन भ्रमणले भविष्यमा उद्यमशील जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर