फागुन-६ बुधबार

अनिश शाह

पश्चिम नेपालको ठूलो शहर नेपालगन्ज अन्तर्गत पर्ने बाँके–२ निर्वाचन क्षेत्रमा पर्ने डुडुवा गाउँपालिका आज पनि न्यूनतम पूर्वाधारबाट वञ्चित छ। सडक, स्वास्थ्य, शिक्षा र सिंचाइ जस्ता आधारभूत आवश्यकतामा समेत नागरिकले सास्ती खेपिरहेका बेला वर्षौंदेखि सत्तामा पहुँच भएका नेताहरूले ठोस काम गर्न नसकेको आरोप चर्किएको छ।

पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका इस्तियाक राई अहिले सोही क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार छन्। तर, स्थानीय बासिन्दाको गुनासो छ—मन्त्री हुँदा विकासका ठूला आश्वासन बाँडे पनि डुडुवाको मुहार फेर्ने कुनै देखिने काम भएन।
डुडुवामा अहिले पनि वर्षायाममा हिलाम्मे सडक, पर्याप्त स्वास्थ्य सेवा नहुँदा बिरामीले सास्ती, र युवाहरू रोजगारीको खोजीमा बाहिरिन बाध्य छन्।

यस्तो अवस्थामा फेरि चुनाव नजिकिँदा ‘योजना’को नाममा उही पुराना प्रतिबद्धता दोहोरिनु जनताका लागि नयाँ कुरा नभएको स्थानीयहरू बताउँछन्।
“पद र पहुँच हुँदा काम नगर्ने, चुनाव आउँदा विकासका सपना देखाउने प्रवृत्ति अब चल्दैन,” एक स्थानीय अगुवाले आक्रोश पोखे।

डुडुवाको वास्तविकता अझै पनि कागजी योजना र चुनावी भाषणमै सीमित देखिँदा मतदाताहरू यसपटक कामको हिसाब खोज्ने तयारीमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर