अनिश शाह

नेपालगञ्ज — बाँकेको नेपालगञ्जमा नवजात शिशु तथा बालबालिकाका लागि लक्षित अत्याधुनिक स्वास्थ्य सेवा विस्तार भएको छ। सुर्खेत रोडस्थित कान्ति आरोग्य अस्पताल, नेपालगञ्जमा अब NICU (नवजात शिशु सघन उपचार कक्ष) र PICU (बाल सघन उपचार कक्ष) सहितको सम्पूर्ण बाल स्वास्थ्य सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
बाल स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै “बच्चाले जीवनको उत्कृष्ट सुरुवात पाउनुपर्छ” भन्ने मूल उद्देश्यका साथ सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। यस सेवामार्फत नवजात शिशु र बालबालिकालाई समयमै गुणस्तरीय उपचार र विशेषज्ञ परामर्श उपलब्ध हुने विश्वास लिइएको छ।
अस्पतालमा बालरोग तथा नवजात शिशु विशेषज्ञ प्रा. डा. रोमा बोराद्वारा नियमित परामर्श तथा चेकजाँच सेवा प्रदान गरिनेछ। लामो समयदेखि बाल स्वास्थ्य क्षेत्रमा अनुभव हासिल गरेकी डा. बोराको विशेषज्ञताले नेपालगञ्ज मात्र नभई आसपासका जिल्लाका अभिभावक र बालबालिकालाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
कान्ति आरोग्य अस्पतालमा निम्न समस्याहरूको उपचार तथा व्यवस्थापन गरिने अस्पतालले जनाएको छः
निमोनिया, बाल दम तथा बच्चामा देखिने थाइराइड समस्या, कुपोषण तथा उचाइ नबढ्ने समस्या, रक्तअल्पता, चिडचिडापन तथा मुटुसम्बन्धी समस्या, मानसिक सुस्ती, मोटोपन तथा दुब्लोपन, छारे (मिर्गी), मेनिन्जाइटिस तथा बाल सुगर, किड्नी समस्या, कब्जियत, बच्चामा हुने टाइफाइड तथा विभिन्न प्रकारका ज्वरोहरू।
अस्पतालले गम्भीर अवस्थाका नवजात शिशु र बालबालिकाका लागि सघन उपचार सेवा उपलब्ध गराउँदा समयमै उपचार नपाएर हुने जोखिम न्यूनीकरण हुने जनाएको छ। NICU र PICU सेवाको सुरुवातसँगै अब यस्ता बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता पनि कम हुने विश्वास गरिएको छ।
अस्पताल प्रशासनका अनुसार सम्बन्धित बिरामी तथा अभिभावकहरूले अग्रिम नाम दर्ता गरी सेवा लिन सक्नेछन्। यसले उपचार प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै बालमैत्री उपचार प्रणाली विकासतर्फ यो पहल नेपालगञ्ज क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर