आन्दोलरत कर्मचारीकाे माग ८२ श्रवण देखि पूरा हुन्छ,आन्दोलन फिर्ता लिन नेपालगञ्ज मेडिकल कलेजकाे आग्र

अनिश शाह,
पुस ९, बाँके ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि अन्तर्गत नेपालगञ्ज मेडिकल कलेजमा कर्मचारी संगठनहरूले गर्दै आएकाे आन्दोलनका कार्यक्रम फिर्ता लिन नेपालगञ्ज मेडिकल कलेज व्यवस्थापन समितिले आग्रह गरेकाे छ ।

मंगलबार मेडिकल कलेज व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरि आन्दोलनरत कर्मचारीका माग २०८२ श्रवण देखि पूरा गर्न अस्पताल तयार रहेकाेले आन्दोलन फिर्ता लिन विज्ञप्ति मार्फत आग्रह गरेकाे छ ।

विज्ञप्तीमा भनिएकाे छ, २०७६ साल देखी ०७९/०८० सम्म कम्पनीको घाटा २९ करोड ३५ लाख छ, कर्मचारीहरु लाई तलव भत्ता सोही आ.ब. सम्म ४ महिना सम्म ढिला गरेर दिदैं आएका थियौं । तलव ढिला दिने क्रमश घट्दै गएको छ, यता आएर २ महिना सम्म ढिला हुन गएको छ । यस बारे कर्मचारीहरु संग पटक पटक छलफलमा बसी जानकारी गराउदै आएका छौं । तलव ढिला हुनुको मुख्य कारण आर्थिक तरलताको अभाव नै हो यस अवस्थाको सम्पूर्ण जानकारी हुंदा हुदै पनी कम्पनीका कर्मचारीहरु संघ, सगठन तथा युनियनले कर्मचारीहरुको तलव भत्ता वृद्धि तथा थप सुविधाको मांग राखी मंसीर २६ गते देखी चरणबद्ध आन्दोलनको घोषणा अनुसार २०८१/०८/३० गते देखी प्रशासन, लेखा, खरिद बिभागमा तालाबन्दी गरी २०८१/०९/०५ गते देखी पूर्व घोषित बन्द गर्ने कार्यक्रम अनुसार OPD तथा एकेडेमीमा समेत ताला लगाईको
अवस्था छ ।

<span;>कम्पनीमा कार्यरत हाम्रा कर्मचारीहरुको तलव भत्ता तथा सेवा सुविधा प्रति हामी सजग रही हालको अवस्थालाई मध्ये नजर गरी कम्पनीले दिन सक्ने सम्पूर्ण सुविधाहरु उपलब्ध गराउदै आएको तथा गराउदै जानेछौं । यस अवस्थाका बावजुद पनी कर्मचारी संगठन, संघ, युनियनले अति संबेदनशिल अत्यावश्यक स्वास्थ्य क्षेत्र जस्तो संस्थामा तालाबन्दी गरी करीब दैनिक ८०० जना विरामीहरुले लिन पाउने सेवा बाट वंचित भएका छन् । यस्तो संवेदनशिल क्षेत्रमा अवरोध गर्न उचित नरहेको र यो मानवता विरोधी कार्य समेत रहकोले यस किसिमको कृयाकलाप नगरी आफ्ना बन्दका कार्यक्रमहरु फिर्ता लिई स्वास्थ्य सेवा संचालनमा सहयोग पुयाउनु हुनका लागी सवैमा हार्दिक अनुरोध गर्दछौं ।

हाल कर्मचारीहरुले मांग गरेको तलव भत्ताका सम्बन्धमा आगामी आ.ब. २०८२ श्रावण देखी लागू गर्ने हुने गरी कम्पनीको आर्थिक अवस्था अनुसार छलफल गरी दुवै पक्षको सहमतिमा लागू गराउने व्यहोरा समेत यसै विज्ञप्ती द्वारा जानकारी गराउन चाहन्छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार