देउखुरी । लुम्बिनी प्रदेश सभा सदस्यको सपथग्रहण पुस १६ गते स्थायी राजधानीमा गरिने भएको छ।

प्रदेश मन्त्रीपरिषद्को बुधबार सम्पन्न बैठकले पुस १६ गते दिउँसो १ बजे नव निर्मित प्रदेश सभा भवनमा सपथ ग्रहण समारोह आयोजना गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्मा शर्माले जानकारी दिनुभयो।यस्तै प्रदेशको पहिलो अधिवेशन पुस १८ गते आह्वान गर्ने निर्णय भएको छ ।

मन्त्रीपरिषद्को निर्णय प्रदेश प्रमुखलाई जानकारी दिन प्रमुख सचिव डाक्टर दिपक काफ्ले प्रदेश प्रमुखको कार्यालय पुग्नु भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयको विनियम स्वीकृत गर्ने, पूर्व नवलपरासीमा स्वागतद्वारा निर्माण गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार