तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले विद्यालयहरुमा डस्टविन वितरण गर्न सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सरकारी विद्यालयहरुको अनुगमन गरेर आवश्यक पर्ने विद्यालयमा डस्टविन उपलब्ध गराएको तुलसीपुर उपमहानगरपालिका सरसफाई शाखाका नासु खेमकान्त पाण्डेले जानकारी दिए । कुन विद्यालयमा कति विद्यार्थी छन र उनीहरुबाट कती फोहोर संकलन हुन्छ भन्ने अवस्था हेरेर डस्टविन उपलब्ध गराएको पाण्डेले बताए।

‘कुनै विद्यालयहरुमा फोहोर राख्नको लागि छिटुवा, वाल्टिहरु राख्नु भएको छ, हामीले डस्टविन नभएको विद्यालयमा उपमेयर स्यानी चौधरीसंग समन्वय गरेर डस्टविन झाडु सहयोग गरेका छौ’ पाण्डेले भने ।

अहिलेसम्म उपमहानगरपालिकाको चार वटा विद्यालयमा डस्टविन सहयोग गरेको र अन्य विद्यालयमा पनि दिने तयारी भइरहेको उनको भनाई छ । मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा रहेको महेन्द्र माध्यामिक विद्यालयमा पनि डस्टविन र झाडु सहयोग गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, तुलसीपुर उपमहानगरपालिका सरसफाई शाखाका नासु खेमकान्त पाण्डेले कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा र वडा नं. १२ का वडासदस्यको उपस्थितीमा पाँचवटा डस्टविन र ६ वटा झाडु सहयोग गरिएको हो।

विद्यालयहरु वरपर विद्यार्थीहरुले जथाभावी फोहोर फाल्ने गरेकोले विद्यालय क्षेत्रलाई सरसफाई युक्त बनाउनको लागि विद्यालयमा डस्टविन सहयोगको काम सुरु गरेको उपमेयर स्यानी चौधरीले जानकारी दिइन ।

डस्टविन सहयोग गर्दै उपमेयर चौधरीले उचित तरिकाले डस्टविनको प्रयोग गरी विद्यालय क्षेत्र सफा राख्दै विद्यार्थीहरुको पढाइमा विशेष ध्यान दिन शिक्षकहरुलाई आग्रह गरिन् । उपमहानगरपालिकाले मन्दीरहरुमा पनि डस्टविन र झाडुहरु सहयोग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार