रामप्रसाद सुवेदी,

हापुरे । सुरक्षित आप्रवासन सामि कार्यक्रमको आयोजनामा १ दिने सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवाहरु संग अभिमुखिकरण कार्यक्रम बबई गाउँपालिकाको हापुरेमा सम्पन्न भएको छ। बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको अध्यक्षता तथा उपाध्यक्ष बम कुमारी खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सुरक्षित आप्रवासन सामि कार्यक्रम बबईका फोकल पर्सन तेजेन्द्र बहादुर घर्तीले सञ्चालन गरेको कार्यक्रममा बबई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनन्द रावलले सुरक्षित वैदेशिक यात्राका सम्बन्धमा नितिगत, संस्थागत र कानुनी बिषयमा प्रकाश पारेका थिए ।

सुरक्षित आप्रवासन सामि कार्यक्रम दाङ जिल्ला परियोजना संयोजक बसन्ता पुनले सामि कार्यक्रमले गर्ने काम, दिने सेवा सुविधाका बिषयमा जानकारी गराएका थिए भने सुरक्षित आप्रवासन सामि कार्यक्रमका कार्यक्रम अधिकृत बिष्णु अर्यालले वैदेशिक रोजगार वोर्डले गर्ने काम र दिने सेवा सुविधाका बिषयमा प्रष्ट पारेका थिए । कार्यक्रममा बबई गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यीयहरु, बिषयगत शाखा प्रमुखहरुइलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिम बहादुर सुनार, रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदीलगायतका सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

सुरक्षित आप्रवासन सामि कार्यक्रमले दाङ जिल्लाका बबई गाउँपालिका सहित ४ वटा पालिकामा सुरक्षित बैदेशिक रोजगार सम्बन्धि सुचनामा पहुँच, न्यायमा पहुच, सीप बिकास तालिम, मनोसामाजिक परामर्श र बित्तिय साक्षरता लगायतका ५ वटा क्षेत्रमा काम गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार