तुलसीपुर । श्रीमणी आचार्यको १५ औ स्मृति दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाईदैछ । नेकपा एमाले तुलसीपुर नगगर कमिटीले तुलसीपुरको पार्टी कार्यालयमा आज बिहान ११ बजे रक्तदान र अन्तरकृया कार्यक्रम गर्न लागेको नगर कमिटीका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । यसै बिच वलीले कार्यक्रममा सहभागीताका लागि पार्टीका नेता, अगुवा कार्यकर्ता, तथा शुभेच्छुक सबैमा अनुरोध गर्नुभएको छ ।
माध्यामिक विद्यालयको प्राधानाध्यापकको स्थायी जागीर छोडेर राजनितिमा होमिएका स्वर्गीय आचार्य २०४९ सालमा स्थानिय निकायको निर्वाचनका लागी शिक्षक पेशा छाडेर राजनीतिमा होमीनु भएको थियो । उहाँको जिवन राजनितिक क्षेत्रमा नै वितेको थियो ।
२०५१ सालको मध्यावधी निर्वाचनको समयमा विजौरी हत्याकाण्डमा गोली लागेर आचार्य घाईते समेत हुनुभएको थियो । उहाँ २०६४ पुष ३ गते उपचारको क्रममा काठमाडौमा निधन भएको थियो ।।



