गोरखा । नेपाल नेत्रहीन संघ पुर्नस्थापना कार्यक्रम अन्तरगत जिल्लामा संचालन भएका गतिविधीहरुको सार्वजनिकरण गरिएको छ । सोमवार गोरखा सदरमुकाममा आयोजित सार्वजनिक सुनुवाई तथा नगर स्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा परियोजना अन्तरगत हालसम्म भएका कार्यक्रमहरुको सार्वजनिकरण गरिएको हो ।

कार्यक्रममा सहजिकरण गर्दै कार्यक्रमका फिल्ड अफिसर प्रेम महर्जनले सन् २०२० देखि गोरखा, धादिङ र तनहूका २२ पालिकामा यो कार्यक्रम लागू भएको जानकारी गराए । कार्यक्रम अन्तरगत बिभिन्न व्यवसायिक तालिमहरु संचालनका साथै दैनिक दिनचर्याका सामग्री वितरण गरिएको उनले बताए । दृष्टिविहीन तथा अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउने उदेश्य कार्यक्रमको रहेको बताइएको छ ।

कार्यक्रम संचालनका लागी बार्षिक एक करोड ८० लाख रकम विनियोजन हुने गरेको कार्यक्रम निर्देशक अमृत राईले बताए । कार्यक्रममा परियोजना अन्तरगतको आगामी कार्यक्रम र चुनौतीको बारेमा पनि जानकारी गराइएको थियो ।

गोरखा नेत्रहीन संघका अध्यक्ष पवन बस्नेतको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्ण राना, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, सामाजिक बिकास कार्यालयका प्रमुख दिपेन्द्र परियार, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, मानव अधिकारकर्मी यदु अधिकारीका साथै वडाध्यक्षहरुले आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार