गोरखा । द्धिज बन्धु संस्कृति समाजको १८ औ साधारणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ । शनिवार रानीवनमा भएको अधिवेशनले कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा महेश्वर अर्याल, सचिवमा बिनोदवावु अर्याल, सहसचिवमा बिद्या कुमार अर्याल र कोषाध्यक्षमा किरण अर्याल चयन भएका छन् ।
सदस्यहरुमा कुमार भट्टराई, इश्वर भण्डारी, सानुकाजी अर्याल, यमुना खनाल, रामहरी न्यौपाने र बासुदेव अधिकारी रहेको समाजले जनाएको छ ।
समाजका कार्यवहाक अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षता तथा बैकुण्ठ प्रसाद अर्यालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा समाजका सचिव महेश्वर अर्यालले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिनोद बाबु अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।



