नेपालीहरु रोजगारीको सिलसिलामा नेपाल देखि भारतसम्मको दुरि तय गर्छन् । चाडपर्वमा नेपाल आउने र पुनः श्रम गर्न छिमेकी राष्ट्र भारत पुग्नु पर्ने बाध्यता धेरैको छ ।
नेपाल देखी भारत सम्म र भारतको विभिन्न शहर देखी नेपालसम्मको यात्राको क्रममा विभिन्न लुटपाटको घटना हुने गरेका थिए त्यही समस्यालाई नै मध्यनजर गर्दै प्रेम बिश्वकर्माले भारतमा न्यु स्वर्गद्वारी टुर्स एण्ड ट्राभल्स संचालनमा लिए । बिश्वकर्माले संचालनमा ल्याएको ट्राभल्सले भारतको विभिन्न शहरहरु देखी नेपालसम्म सिधा यातायात सेवा प्रदान गर्यो जसले गर्दा नेपालीकै यातायातमा नेपालीहरु सुरक्षित आफ्नो घरसम्म जाने बातावरण मिल्यो ।
न्यु स्वर्गद्वारी टुर्स एण्ड ट्राभल्सले हाल भारतको सिम्ला , चन्डिगड , हरियाणा , हिमाचल, जम्मु कस्मिर, लेलदाक र मनाली देखी सिधा नेपालसम्म आफ्नो बसहरुद्वारा यातायात सेवा प्रदान गर्दै आएको छ जसका कारण उक्त स्थानमा रोजगारीमा जाने र रोजगारी गरेर नेपाल फर्कने नेपालीहरुले सहजता महसुस गरेका छन् ।
विभिन्न समयमा भारत देखि नेपाल र नेपाल देखि भारत सम्मको यात्रा सहज नहुने र यात्राको क्रममा भारतियहरुले ठग्ने, लुट्ने र अलपत्र पारेर छोड्ने गरेको विभिन्न घटना हुँदै गए पछि आफुहरुले ट्राभल्स स्थापना गरेर सेवा प्रारम्भ गरेको बताउछन् , न्यु स्वर्गद्वारी टुर्स एण्ड ट्राभल्सका अध्यक्ष प्रेम बिश्वकर्मा ।
भारतको विभिन्न शहरदेखि नेपालसम्मको यात्रालाई सहज र सरल बनाउन लागेको छ न्यु स्वर्गद्वारी टुर्स एण्ड ट्राभल्सले नेपालमा रहेको यातायात प्रालिहरु संगको समन्वयमा कार्य गर्दै आएको छ । नेपालमा न्यु स्वर्गद्वारीले अम्बिकेश्वरी सेवा सुबिधा यातायात प्राली संग समन्वय गर्दै नेपालबाट भारतको विभिन्न शहरहरुको लागि बस सेवा सुचारु समेत गरेको बताउछन् स्वर्गद्वारी टुर्स एण्ड ट्राभल्सका अध्यक्ष बिश्वकर्मा ।
स्वर्गद्वारी टुर्स एण्ड ट्राभल्सले आफ्नै ७ वडा बस मार्फत भारतको विभिन्न शहर देखि नेपालसम्मको बस सेवा प्रदान गर्दै आएको समेत बताउछन बिश्वकर्मा ।
विभिन्न समयमा भारतको शहरमा अलपत्र परेका नेपालीहरुलाई निशुल्क रुपमा नेपाल सम्म ल्याएर उद्दार समेत गर्दै आएको न्यु स्वर्गद्वारी टुर्स एण्ड ट्राभल्सले आगामी दिनमा समेत नेपालीहरुको यात्रा सुरक्षित र सहज बनाउन आफुहरु लागि पर्ने बताउछन्, अध्यक्ष प्रेम बिश्वकर्मा ।
भारतबाट नेपाल सम्मको यातायात सेवाको लागि स्वर्गद्वारी टुर्स एन्ड ट्राभल्सको सम्पर्क नम्बर 00918194897773 मा सम्पर्क गर्न सकिने छ ।



