नेपालगन्ज रंगशालामा संचालन भइरहेको न्यू बागेश्वरी नकआउट फुटबल प्रतियोगिता अन्तर्गत हिजो तेस्रो दिन दुई खेल भयको थियो।

हिजो भयको पहिलो खेलमा न्यु डांँफे क्लबले सिटि युथ क्लबमाथि ५-०गोल अन्तरले बिजय प्राप्त गरेको छ।न्यु डाफेका तर्फबाट सन्देश गुरुङ्ग जर्सी नम्बर १० ले ह्याट्रीक गर्न सफल भए भने बिजय सिंह ठकुरिले १ तथा बिमल बस्नेतले १ गोल गर्न सफल भयका थिए ।

खेलमा आक्रमक देखियको न्यु डांँफेले धेरै अवसर खेर फालेको थियो। एक पक्षिय खेलमा खेल अबधिभर न्यु डांँफे मैदानमा हाबी देखियो ,सो खेलका म्यान अफ द म्याच ह्याट्रीक गोलकर्ता न्यु डांँफेका सन्देस गुरुङ्ग भए । गुरुङलाई पुरुस्कार एन्फाका पुर्ब केन्द्रिय उपाध्यक्ष गोबर्द्दन सिंह सम्झनाले प्रदान गर्नु भयको थियो।

त्यसै गरि दोस्रो खेलमा नबदुर्गा युवा क्लब र दङ्गा प्रहरीबिचको खेलमा ३-२ गोल अन्तरले नबदुर्गा बिजयी भयको छ।सो खेलमा नबदुर्गाका बिनोद बुढाथोकि प्रेम प्रकाश क्षेत्री र नेयमा हमालले तथा दङ्गा प्रहरीको तर्फ बाट शंकर थापाले २ गोल गरेका थिए । उक्त खेलमा नबदुर्गाका बिनोद बुढाथोकी म्यान अफ दि म्याच भयका थिए ।

आज तीन खेल भएकाछ्न, बिहान पहिलो खेल भैरब प्रसाद गण र युनाइटेड क्लब, न्यु डाँफे र रेसिङ्ग सहारा तथा अर्को खेल आरएनवाइसी र धम्बोजी क्लबका बिच हुने छ।
२१ गते सम्म चल्ने खेलमा आज दिउसो देखि क्वाटर फाइनल खेल हुने आयोजक क्लबका महासचिव तथा प्रतियोगिता सयोजक दिर्घराज आचार्यले जानकारी गराउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार