नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्ने बताउनुभएको छ । मंगलबार पार्टीको केन्द्रिय कमिटीको बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

\ नेकपा एमालेबाट बाध्य भएर बिद्रोह गर्नुपरेको भन्दै अध्यक्ष नेपालले यो कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता र परिवर्तन भएको बताउनुभयो । उहाँले पार्टीले नराम्रा कुराहरुलाई पन्छाएर राम्रा कुराहरुलाई मिलाउने पनि बताउनुभयो ।

अध्यक्ष नेपालले पार्टी अब जनताको आवश्यक्ताअनुसार हिँड्ने बताउनुभयो । उहाँले नेकपा एकीकृत समाजवादी पार्टीले परिवर्तनकारी धारको अगुवा शक्ति बन्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार