यदि तपाईं चिनियाँ ब्राण्डका फोन प्रयोग गर्नुहुन्छ र यसबारे जानकारी राख्नुहुन्छ भने पक्कै पनि चिनियाँ मोबाइल कम्पनीहरूबीच भइरहेको फास्ट चार्जिङ सर्भिसको दौडलाई ख्याल गर्नुभएको छ होला ।

हरेक महिना कुनै न कुनै कम्पनीले हाई वेटेजको फास्ट चार्जिङ बजारमा ल्याइरहेकाे हुन्छ । यसैबीच साओमीले पनि आफ्नो प्रयोगकर्ताका लागि आउँदै गरेको नयाँ फोनमा हाइपरचार्ज प्रविधि प्रयोग गरेको छ ।

कम्पनीले आफ्नो नयाँ फोन ‘साओमी ११टी प्रो’ मा १२० वाटको चार्जर उपलब्ध गराउने घोषणा गरेको छ । यो चार्जरले कति समयमा ‘११ टी प्रो’ चार्ज गर्नेछ भन्ने विषयमा कम्पनीले हाल केही बताएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार