अनिश शाह

नेपालगन्ज-५ चैत

नेपालगन्ज- क्षेत्र नं-२ बाट निर्वाचित सांसद मो,इस्तियाक राईले सेवाग्राहीको सहजताका लागि भन्दै मालपोत कार्यालयमा राखिएको ‘हेल्प डेस्क’ अहिले जनताको नजरमा केवल नामको मात्र सेवा बनेको छ। व्यवहारमा भने अवस्था उस्तै—पैसा नदिई काम अघि बढ्दैन भन्ने गुनासो चर्किँदै गएको छ।

मालपोत पुगेका सर्वसाधारणको भनाइ स्पष्ट छ—“हेल्प डेस्कले के काम गर्छ? फारम भर्न सिकाउने बाहेक अरु केही छैन। वास्तविक काम त पैसा बिना अघि बढ्दैन।” श्रेस्ता कायम जस्तो आधारभूत सेवा लिन पनि बिचौलिया र अनावश्यक खर्चको चक्रबाट गुर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन।

सेवाग्राहीहरू भन्छन्, “सरकारले डिजिटल, पारदर्शिता र सहज सेवा भने पनि मालपोतमा पुरानै शैली हाबी छ। हेल्प डेस्क राखेर मात्र जनता झुक्याउने काम भएको छ।”
प्रश्न उठ्छ—यदि ‘हेल्प डेस्क’ ले जनताको समस्या समाधान गर्न सक्दैन भने यसको अस्तित्व किन? सम्बन्धित निकायको मौनता र कमजोर अनुगमनकै कारण सेवाग्राही आज पनि हैरानी खेप्न बाध्य छन्।

अब आवश्यकता छ—दिखावटी सेवा होइन, वास्तविक सुधारको। नत्र ‘हेल्प डेस्क’ जनताको आँखामा धुलो छर्किने अर्को माध्यम मात्र बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर