अनिश शाह

नेपालगन्ज-३० फागुन

नेपालगन्ज : भारतको लखनउमा सञ्चालित केही अस्पतालले नेपाली नागरिकलाई प्रलोभनमा पार्दै उपचारको नाममा खुलेआम लुट मच्चाइरहेको आरोप उठ्न थालेको छ। गम्भीर कुरा के भने, ती अस्पतालका प्रतिनिधि लखनउमै मात्र सीमित छैनन्, उनीहरू नेपालगन्जमै आएर औपचारिक कार्यक्रम गर्ने, आकर्षक अफर र प्रलोभन देखाउने कामसमेत गरिरहेका छन्।

स्थानीय स्रोतका अनुसार केही भारतीय अस्पतालले यहाँका निजी मेडिकल तथा अस्पतालसँग सेटिङ्ग मिलाएर बिरामी ‘किनबेच’ गर्ने जस्तो गतिविधि गरिरहेको देखिएको छ। सामान्य उपचारका नाममा बिरामीलाई भारत पठाइने र त्यहाँ पुगेपछि महँगो उपचारको बहानामा लाखौँ रुपैयाँ असुल्ने गुनासो बढ्दो छ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमै यस्तो खेल भइरहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। नेपालगन्जमै आएर कार्यक्रम गर्दै बिरामी तान्ने र पछि महँगो उपचारको जालमा पार्ने गतिविधिमाथि सम्बन्धित निकायले तत्काल छानबिन गर्नुपर्ने माग पनि उठ्न थालेको छ।

यदि समयमै नियमन भएन भने, उपचार खोज्दै गएका नेपाली नागरिक प्रलोभन र महँगो उपचारको जालमा परिरहने खतरा बढ्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर