नेपालगन्ज, बाँके —
नेपालगन्ज–१२ मा रहेको **सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि.**ले ३०० बेड क्षमताको अस्पताल सञ्चालन भएको भन्दै प्रचार–प्रसार गर्दै आएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक सञ्चालन अनुमति (Operating License) नलिएको तथ्य बाहिरिएपछि अस्पताल प्रशासन तनावपूर्ण अवस्थामा पुगेको छ।

अनुमति नहुँदा अस्पतालका बेड हटाउने र बिरामीलाई रिफर गर्ने कार्यले सर्वसाधारण चिन्तित बनेका छन्।
अकस्मात बेड हटाइएपछि उपचाररत बिरामी र परिवारजनमा थप समस्या सिर्जना भएको छ। केही बिरामीलाई अन्य निजी तथा सरकारी अस्पतालमा रिफर गरिएको छ।

स्थानीयवासीहरूले अस्पतालले पूर्वसूचना नदिई अचानक सेवामा अवरोध ल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
अस्पताल प्रशासन भने आवश्यक कागजात प्रक्रिया पूरा गर्न समय लागिरहेको र चाँडै सबै व्यवस्था मिलाइ पुनः नियमित सेवा दिने दाबी गरेको छ।

यस घटनाले नेपालगन्जमा स्वास्थ्य सेवाको पहुँच र नियमनको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ।
स्थानीय निकाय र स्वास्थ्य नियामक निकायहरूबीच समन्वयको कमीले सर्वसाधारण नै प्रत्यक्ष प्रभावित भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर