बाँके  — जिल्लामा पछिल्लो समय ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको संख्या बढ्दै गएपछि बाँके ट्राफिक प्रहरीले कडाइ गरेको छ।

विशेष गरी ईभी (इलेक्ट्रिक) गाडी, ट्रिपर, ट्र्याक्टर र बुलेट मोटरसाइकल चलाउनेमाथि कडा निगरानी सुरु गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दर्ता रातो प्लेटमा गराएर काला प्लेट राखी सवारी चलाउने गाडीलाई अब तत्काल कारवाही गरिनेछ। त्यस्तै लाइसन्स र दर्ता प्रमाणपत्र (ब्लुबुक) नभएका, नवीकरण नगरिएका तथा ओभरलोड भएका ट्रिपरहरूलाई समेत कठोर कदम चाल्दैछ।

कृषि प्रयोजनका लागि दर्ता गरिएका ट्र्याक्टरलाई व्यावसायिक रूपमा प्रयोग गरिरहेकालाई पनि अब कानूनी कारवाही हुने बताइएको छ।

त्यसैगरी, ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने बुलेट मोटरसाइकलमाथि समेत धमाधम नियन्त्रण भइरहेको प्रहरीले जनाएको छ।

बाँकेका ट्राफिक प्रहरी निरीक्षक कनक बहादुर शाहीका अनुसार
“सार्वजनिक सुरक्षाका लागि नियम उल्लङ्घन गर्ने कुनै पनि सवारी साधनलाई अब कडाइपूर्वक नियन्त्रण गर्ने निर्णय गरिएको” हो।

प्रहरीले चालकहरूलाई समयमै कागजात नवीकरण गर्ने, नियम पालना गर्ने र अनावश्यक ध्वनि प्रदूषण नगर्न आग्रह गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार