नेपालगन्ज- बाँके सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा शुक्रबार नेपालगन्जमा स्वागत तथा शुभकामना  कार्यक्रम सम्पन्न गरिएको छ । भर्खरै आउनु भएको  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जि.सी. र वज्रदल गुल्मका गणपति प्र.से. रामचन्द्र श्रेष्ठलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा  समुदाय–प्रहरी साझेदारीलाई अझ मजबुत बनाउनका लागि छलफल गरिएको थियो । साथै उपस्थित अतिथिहरूलाई फूलमाला लगाइ स्वागत गरिनुका साथै सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुले दशैं, तिहार, नेपाल सम्वत्  तथा छठ पर्वको शुभकामना आदानप्रदान गरेका छन ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीले प्रहरी प्रमुख जि.सी. र गणपति श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नुभएको हो कार्यक्रममा  स्थानीय समाजसेवी, सामुदायिक प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि पत्रकारहरु को उपस्थिती रहेको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार