नेपालगञ्ज : हज यात्राका लागि मक्का मदिना जाने हज यात्रीलाई गौरव स्मृति तथा बि योर सेल्फ फाउन्डेसनका संरक्षण प्रदिप शाहले बिदाई गरेको हो ।
इस्लाम धर्मवलम्बिको पबित्र स्थल मक्का मदिना जाने नेपालगञ्जका हज यात्रीलाई एक कार्यक्रमका बीच ढाका टोपी र अंगौछले सम्मान तथा बिदाई गरिएको छन ।

यो वर्ष साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने आफ्ना वडाका हज यात्री र छिमेक वरिपरि वडाका हाजीहरु लाई एक कार्यक्रममा सम्मान गरी बिदाई गरेको छ

हाजीहरुलाई मुस्लिमका धर्म गुरु अनस मियाँ र गौरव स्मृति तथा बि योर फाउन्डेसनकी अध्यक्ष मधु शाहले महिला हज्जीनलाई डुपट्टा र संरक्षण प्रदिप शाहले अंगौछ टोपी लगायर सम्मान गरी बिदाई गरेका छन ।

ईस्लाम धर्ममा हज जीवनको महत्वपूर्ण धार्मिक यात्रा हो । हरेक वर्ष नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न नेपाली मुसलमान जाने गरेका छन । यो वर्षको हज यात्राका लागि जिल्ला प्रशासन कार्यालय बाँकेबाट हज यात्राका लागि ७६ जना महिला र ७९पुरुष सहित १५५ जना सहभागी भएको जनाईएको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार