नेपालगञ्ज : हज यात्राका लागि मक्का मदिना जाने हज यात्रीलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ की महिला वडा सदस्य रुमिता श्रेष्ठले बिदाई गरेकी हो ।
इस्लाम धर्मवलम्बिको पबित्र स्थल मक्का मदिना जाने नेपालगञ्जका हज यात्रीलाई एक कार्यक्रमका बीच सम्मान तथा बिदाई गरिएको छन ।

संयुक्त आयोजनामा यो वर्ष साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने आफ्ना वडाका हज यात्रीलाई एक कार्यक्रममा सम्मान गरी बिदाई गरेको छ

उनीहरुलाई मुस्लिमका अगुवाहरु अत्तहर हुसैन फारुकी फिरोज हल्वाई मेराज अहमद हल्वाई सारिक सल्मानी राहिस हल्वाई पुस्पा पप्पु हल्वाईले खादा टोपी लगायर सम्मान गरी बिदाई गरेका थिए ।

ईस्लाम धर्ममा हज जीवनको महत्वपूर्ण धार्मिक यात्रा हो । हरेक वर्ष नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न नेपाली मुसलमान जाने गरेका छन । यो वर्षको हज यात्राका लागि नेपाल हज समिति सदस्य हालिम अहमद हल्वाई बाँकेबाट हज यात्राका लागि ७६ जना महिला र ७९पुरुष सहित १५५ जना सहभागी भएको जनाईएको छ

प्रतिक्रिया

सम्बन्धित खवर