नेपालगञ्ज । स्थानीय तहमा खाजाका नाममा कसरी मनोमानी चलिरहेको छ भन्ने उदाहरण बाँकेको जानकी गाउँपालिकामा हेरे पुग्छ ।

महालेखा परीक्षकले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिकामा खाना, खाजा खर्चको नाममा लाखौँ रुपैयाँ अनियमतिता भइरहेको खुलाएको हो ।

जानकी गाउँपालिकाले गएको आर्थिक वर्षमा खाना, खाजामै ४३ लाख ४६ हजार खर्च गरेको महालेखाले उल्लेख गरेको छ । विविध शीर्षकमा छुट्याइएको बजेटबाट गाउँपालिकाले खाना, खाजा मा मात्रै खर्च गरेको बिल उपलब्ध गराएको छ । तर, त्यति धेरै खर्च कसरी र कुन प्रयोजनमा गरियो ? त्यसबारे भने प्रष्ट विवरण दिन नसकेको महालेखा प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँ दुई कार्याकाल नै अध्यक्ष हुन उनको पहिलो कार्यकाको पालामा पनि खाजा–खानामा अस्वाभाविक खर्च भएको महालेखाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर