बाँकेको जानकी गाउँपालिका पछिल्लो समय भ्रष्टाचारको अखडा बन्दै गएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनामा पनि ३५ लाख १८ हजार रुपैयाँ विभिन्न व्यक्तिले अनियमित तरिकाले लेगेकोमा उनीहरुबाट असुल उपर गर्नुपर्ने भनि उल्लेख गरेको छ ।

पालिकाले विभिन्न शिर्षकमा छुट्याएको रकमा पनि अनियमितता देखिएपछि त्सलाई रोक्न दर्ता नभएका मिडियालाई लाखौँ रकम भुक्तानी दिएको खुलेको छ ।

स्रोतका अनुसार मिडियालाई दिईने सूचना प्रकाशनमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत ले आफ्ना आसेपासे र गलत समाचार नलेख्नेलाई मात्रै सूचना प्रकाशन बापतको भुक्तानी दिने गरेको खुलेको छ ।

आ.व २०८०\ ०८१ र २०८१\ ०८२ को माघ मसान्तसम्ममा पालिकाले सार्वजनिक खरिद नियमावली २०६४ को दर्फा १८ विपरित अध्यक्ष र लेखा अधिकृतले आफुखुसी विना दर्ताका मिडिया र कर चुक्ता विना विभिन्न मिडियाहरूलाई भुक्तानी दिईएको देखिएको छ ।

पालिकाले आ.व २०८०\ ०८१ मा पत्र पत्रिका छपाई तथा सुचना प्रकाशन खर्च शिर्षकमा १० लाख र आ.व २०८१\ ०८२ मा १६ लाख २० हजार रुपैँया विनियोजन गरेकोमा उक्त रकम खरिद ऐन विपरित जिल्ला तथा जिल्ला बाहिरका सबै वर्गका मिडियाहरुलाई भुक्तानी दिएको स्रोतले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखापरिक्षण प्रतिवेदमा उल्लेख भए अनुसार पालिकाको आ.व २०७९\ ०८० मा मा ४ करोड ३ लाख ७४ हजार बेरुजु देखाएको छ । जस मध्ये असुल उपर गर्नुपर्ने ३५ लाख १८ हजार रहेको छ । पालिकाको हालसम्मको बेरुजु २४ करोड ४८ लाख ९९ हजार रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार