नेपालगञ्ज । नेपाल–भारत सीमाजमुनाहनाको भित्रि गल्लि शर्मा गल्लिमा पत्रकारले प्रहरीसंग तेल मागेको भन्दै केहि पत्रकारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
बाँके अपडेट डटकममा आवद्ध गोविन्द भन्डारी, आफुलाई अभियन्ता तथा सुनौलो आवाजको पत्रकार ठान्ने सूर्य प्रसाद रिजाल र सुजल टिकेडि नाम गरेका व्यक्तिले सामाजिक सञ्जालमा तेल माग्ने पत्रकारको नाम नै उल्लेख नगरी लेखेका छन् “बाँकेको नेपालगंज जमुना बोर्डरको शर्मा गल्लीमा भिडियो बनाएर आतंक मच्चाउँदै एक पत्रकार दिन भरी गल्लीमा कुरेर बस्ने साँझ परेसी तेल माग्ने नत्र भिडियो हाल्छु भनेर धम्काउने वा तिम्रो पत्रकारिता”
जमुनाह सिमानाकामा दिनहुँजसो जाने यि पत्रकारहरुले तेल कस्ले माग्यो भनेर सामाजिक सञ्जालमा अफवाह फैलाउने काम गरेको प्रष्टै देखिन्छ । उनिहरु आवद्ध रहेको मिडियामा समाचार नलेखि कसैलाई तर्साउन सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन् । जमुनाह नाकामा दिनहुँजसो आफ्नो स्वार्थ पूर्तिका लागि जाने र समाचार नलेख्ने गरेको देखिन्छ ।
यसरी सामाजिक सञ्जालमा अरुलाई तर्साउनको लागि लेख्नेलाई प्रेस काउन्सिलले समेत अनुगमन गर्ने गरेको छ । काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गरिरहेको जनाएको छ ।
सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही भइरहेको र अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय दिने, अशिष्टरअमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिएमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी ९साइबर ब्युरो०मा पत्राचार गर्ने काउन्सिलले जनाएको छ ।



