प्रेस सेन्टर नेपाल बाँकेमा टिके प्रथा शुरु गरेको भन्दै अधिकांश सदस्यहरु रुष्ट बनेका छन् ।

प्रेस सेन्टर नेपाल बाँके शाखाको पुस २४ र २५ गते नेपालगन्जमा सम्पन्न सातौं जिल्ला अधिवेशनमा नेतृत्व चयनको क्रममा सङ्गठनको नीतिनियमभन्दा पनि माओेवादी केन्द्रका नेताको निर्देशन र नेताको चाकडीका आधारमा आ–आफ्ना मान्छेलाई टीका लगाएर नेतृत्व चयन गरिएकाे प्रति अन्य सदस्यहरु रुष्ट बनेका हुन ।

नयाँ नेतृत्व चयनमा सर्वसम्मतिका नाममा माओवादी नेताको आशीर्वाद प्राप्त व्यक्तिलाई टीका लगाइएको भन्दै अन्य सदस्यहरुले  निन्दासमेत गरेका छन् ।

लोकतान्त्रिक विधिअनुसार चुनावी मैदानमा उत्रिएर चुनावी नतिजा स्वीकार्न तयार सङ्गठनका इमान्दार पत्रकारलाई पाखा लगाउने काम भएको एक सदस्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार