पत्रकार महासंघ बाँकेकाे अध्यक्षमा नवीन गिरी निर्वाचित, कसले कति मत पाए ?

२९ मंसिर , बाँके । नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा नवीन गिरी निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी प्रदिप वाग्लेलाई ४८ मत अन्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

शनिबार विहान सकिएको मतगणनाअनुसार नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल र नेकपा एमाले निकट प्रेस चाैतारी नेपालकाे संयुक्त व्यवसायी प्यानलबाट अध्यक्षको उम्मेदवार बनेका गिरीले ११८ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल, नेकपा (एकीकृत समाजवादी)निकट प्रेस संगठन लगायत संगठनहरूकाे गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका प्रदिप वाग्लेले ७० मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार विश्वराज पछल्डङ्याले भने १९ मत पाएका छन् ।

पदाधिकारीमा पनि गिरी प्यानलका धेरै निर्वाचित भएका छन् । गिरी प्यानलबाट उपाध्यक्षमा रेजिना मल्ल र वाग्ले प्यानलका तिलक गाउलेले समान १०२ मत पाएका छन् , उपाध्यक्ष महिलामा
करुणा शाह, सह-सचिव खुल्लामा रविन्द्र सिंह ठकुरी, सह-सचिव समावेशीमा भगतराम थारु,कोषाध्यक्षमा सुनील रेग्मी निर्वाचित भएका छन् ।

गिरी प्यानलबाट महिला सदस्यमा रजनी कुमारी योगी, दलित सदस्यमा आशा परियार, आदिवासी जनजाति सदस्यमा निर्मला चाैधरी, मधेसी सदस्यमा यदुराज मिश्र, अन्य समाबेशी सदस्यमा सलामत अलि शेष र खुल्ला सदस्यहरूमा कृष्णराज अधिकारी, रविन्द्र घिमिरे, समिरमान श्रेष्ठ, सावित्री विश्वकर्मा, सजन कुमार आरसी र धना विष्ट केसी निर्वाचित भएका छन् ।

वाग्ले प्यानलबाट सचिवमा कृष्ण बहादुर ओली तथा खुल्ला सदस्यमा पहल बहादुर केसी र सम्भु प्रसाद थारु निर्वाचित भएका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार