खबर नेपालगञ्ज मिडिया प्रालिद्वारा संञ्चालित खबर नेपालगञ्ज डटकम नेपाली भाषाको डिजिटल पत्रिका हो।

कम्पनी रजिस्ट्रार कार्यालय, आन्तरिक राजस्व कार्यालय, सूचना तथा प्रविधि विभाग,प्रेस काउन्सिल नेपाल र विज्ञापन बाेर्डमा सुचिकृत यस अनलाइन ले विशेष गरी नेपालगञ्जलाई आधार बनाई खाेजमुलक पत्रकारिताकाे अभ्यास गर्दै आएको छ।

विशेष रूपमा नेपालगञ्जलाई विश्व रूपमा चिनाउन सामाजिक, धार्मिक,सांस्कृतिक लगाएका विषय तथा समाजमा घटेका समसामयिक घटनाहरूलाई सत्य तथ्यका साथ आम पाठकहरूमाझ आफ्नो वेबपेजका अतिरिक्त युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक र ट्वीटरमार्फत् दैनिक नयाँ नयाँ सामग्री प्रस्तुत गरिरहेको छ ।

सीमित स्रोत, साधन र जनशक्तिकै भरमा ‘खबर नेपालगञ्ज ले थुप्रै सम्झन योग्य त्यस्ता सामग्री पस्केको छ जसले पत्रकारिताको मूल्य मान्यता कायम राख्दै पाठक, दर्शक तथा स्रोतालाई सूचना, जानकारी र मनोरञ्जन प्रदान गर्छ।

कोभिड- १९ सुरु हुँदै गर्दा फसबुक पेज बाट खबर नेपालगञ्जले महामारीको समयमा पाठकलाई सुसूचित गर्दा यसकाे उचाइ झन् उच्च हुन पुगेकाे सर्वविविधै छ ।

बाँकेका पालिकामा तथा अन्य निकायहरू काे अनियमितता , भष्ट्राचारका बारेमा हामीले श्रृंखलावद्ध सामग्री प्रस्तुत गर्दै आएका छौं।
यसबाहेक नेपाली भाषा, संस्कृति, कला, गीत, संगीत, साहित्यको पैरख गर्दै तिनको जगेर्ना गर्ने पनि हाम्रो प्रयास रहँदै आएको छ। नेपालगञ्जमा हरेक कार्यक्रमबारे हामी समाचार बनाइरहेकै हुन्छौं।

एआइ युग सुरु हुँदै गर्दा हामी त्यस्तो पत्रकारितालाई नै निरन्तरता दिइरहेका छौं जसमा पाठक, दर्शक, स्रोता र विज्ञापनदाता सबैको सहभागिता नभइ टिक्न सकिंदैन।

सूचनाको तथ्य जाँच गदै पुर्नपुष्टि गरेर तपाईंहरुलाई सामग्री पस्किँदा हाम्रो उर्जा र समय पनि खर्च भइरहेको हुन्छ। त्यसैले यसलाई निरन्तरता दिइराख्न तपाईंहरुको साथ सहयोग अपरिहार्य छ।

यस अवसरमा हामी सम्पूर्ण पाठक, दर्शक, विज्ञापनदाता तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा यसै गरी साथ दिनुहुन अनुरोध गर्दछौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार