१५ हजार ९ सयले घट्यो सुनको मूल्य, बाँकेमा कति पुग्यो ?
सोमबार सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सरकारले सुनको भन्सार दर घटाएपछि तोलामा १५ हजार ९ सय रुपैयाँ घटेको हो ।
सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
बाँकेमा सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेर प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।



