बाँकेको जमुनाह नाकाबाट लागूऔषध नाईट्राजेपाम सहित एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

आईतबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ४३ ट्याब्लेट सहित सोही उपमहानगरपालिका १९ बस्ने २२ वर्षीय धिरज पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले भारतको रूपैडिहाबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार