नेपालगञ्जकाे वडा ८ मा अनियमितता, दर्ता नभएका मिडियामा सूचना प्रकाशन गरि भुक्तानी
अनिश शाह
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ८ ले खरिद नियमावली विपरित दर्ता तथा नविकरण नभएका मिडियाहरुलाई भुक्तानी दिएको पाईएको छ ।
सार्वजनिक खरिद नियमावली तथा नगरले बनाएको आमसञ्चार नीति विपरित वडाले दर्ता नै नभएका विभिन्न मिडियालाई सूचना प्रकाशन बापतको भुक्तानी दिईएको स्रोतले जनाएको छ ।
सार्वजनिक खरिद नियमावली विपरित आर्थिक वर्ष २०७९\ ०८० / र २०८०\ ०८१ मा वडाले सार्वजनिक खरिद नियमावली २०६४ को दर्फा १८ विपरित वडा अध्यक्षले आफुखुसी दर्ता नभएका, नविकरण नभएका मिडियालाई हजाराैं रकम बाडेको छ ।
स्रोतका अनुसार वडाले भुक्तानी गरेको मिडियाहरुको सूचि हेर्दा अध्यक्षकाे गुणगान गाउने मिडियालाई मात्रै सूचना प्रकाशन बापतको भुक्तानी गरिएको छ ।
खरिद नियमावली २०६४ को दफा १८ मा सूचना प्रकाशन गर्दा मौजुदा सूचि प्रकाशित गर्नु पर्ने उल्लेख भए पनि त्यस विपरित आफ्नो गुनगान गाउने मिडियाहरूलाई मात्रै वडाले विज्ञापन दिएका छन् ।
नगरले बनाएकाे आमसञ्चार नीतिमा अनलाइन सञ्चार माध्यम सूचना तथा प्रशारण विभाग काठमाडौंमा दर्ता भएका र प्रेस काउन्सिल नेपालमा सूचीकरण गरिएका समाचारमूलक अनलाइन सञ्चार माध्यममध्ये प्रधान कार्यालय नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेकालाई अनिवार्य रुपमा सूचीकरणको व्यवस्था गरिनेछ। सूचिकरण भएका समाचारमूलक अनलाइन सञ्चार माध्यमलाई मात्र वर्गीकरण गरी अन्य सञ्चार माध्यम सरह सुविधा दिने व्यवस्था गरिनेछ उल्लेख छ ।
साथै वडाले खरिद नियमावली २०६४ को दफा १८ को क, ख, ग, घ मा भुक्तानीको लागि चाहिने प्रमाणपत्र बिनै दर्ता नभएका अनलाइन मिडिया हेर्दा व्यापक अनियमितता भएको देखिएको हो ।



