अनिश शाह
नेपालगञ्जमा पर्यटनको नयाँ आयामको रुपमा क्यासिनो जब सुरु भयो तब यस क्षेत्रको पर्यटन व्यवसाय बढ्दो क्रममा रहेको छ । पर्यटन भनेको नदेखेको ठाउँमा पुग्नु, पुगेका ठाउँमा देखिएका नयाँ नौला कुराहरुसंग रमाउने हो । पर्यटनको यात्राले रमाइलो मात्र होइन शारीरिक र मानसिक स्वास्थ्यमा पनि फाइदा हुन्छ । नयाँ ठाउँको यात्राले पर्यटकहरुलाई नयाँ अनुभूती हुन्छ । नयाँ खाना, नयाँ वातावरण र फरक भाषा स्थानीय संस्कृति र नयाँ ठाउँहरुको बारेमा पर्यटकलाई जान्ने अवसर हुन्छ । मानिस स्वभावले नै विविधता मन पराँउछ चाहे जेसुकै कुरामा होस । उसलाई नयाँ नयाँ साथी, ठाउँ, घर अनि खाना मन पर्दछ । क्यासिनो सञ्चालन पश्चात नेपालगञ्ज भित्रका धार्मिक एवंंम पर्यटकीय स्थलहरुमा भारतीय पर्यटकको संख्यामा वृद्धि हुदै गएको छ ।

नेपालगञ्जका विभिन्न होटलहरुमा संञ्चालन भएका क्यासिनोका कारण नगरको नगरको राजस्व र रोजगारीमा वृद्धि भएको देखिन्छ । क्यासिनो खेल्न भारतीय पर्यटकले नेपालगञ्ज भरिन्छ । नजिकै रहेको भारतको ठूलो शहर लखनऊबाट धनाढ्यहरु आउँछन र पैसा खर्च गरेर जान्छन । यसले नेपालगञ्जको विकासमा, नगरको राजस्व र रोजगारीमा ठूलो टेवा पु¥याएको छ । नेपालगञ्जका पूर्व मेयर धवल शम्सेर राणाको क्यासिनोको अवधारणले यति बेला होटल तथा अन्य व्ययापर व्यवसाय बढ्दो क्रममा मात्रै नभई नगरको राजस्व वृद्धि पनि भई रहेको छ । अहिले नेपालगञ्जका ७ वटा तारे होटहरुमा क्यासिनो सञ्चालनमा रहेका छन् । तिनै क्यासिनोमा हजारौँको संख्यामा युवा युवतिहरुले रोजगारी पाएका छन् । क्यासिनोको अवधारणलाई साकाहार बनाउन उपमहानगरपालिकाले थप व्यवस्थित पादै जानु पर्दछ । अहिले क्यासिनोका कारण नगरको राजस्व पनि बढेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो राजस्व तथा रोजगारीको रुपमा क्यासिनोलाई थप व्यवस्थितका साथ अगाडि बढाउनुपर्दछ । नेपालगञ्जको फेरि, क्यासिनो सिटी भन्दा प्राथमिकता अरु छैनन ? प्रश्न आउँछ । सर्वसाधारण जनताले नै प्रत्यक्ष फाइदा लिने योजनालाई प्राथमिकता दिंदा राम्रो हुन्थ्यो कि ? नेपालगञ्ज उमपहानरपालिकालाई महानगर बनाउने अभियान चलिरहदा क्यासिनो सिटीमा यसको कनेक्सन के हो ? भारतीयहरु नेपालगञ्ज आएर जुवा खेल्दैमा नेपालगञ्जको विकास हुन्छ ? यावत प्रश्न हरु छन् यसको समाधान उपमहानगरपालिकाले गर्नु पर्दछ । क्यासिनोमा नेपाली नागरिकले खेल्न नपाउने कानुनी व्यवस्था रहेको हुँदा उपमहानगरपालिकाले जनताप्रति उत्तरदायी हुँदै अनुगमलाई व्यापकता दिनुपर्दछ । पछिल्लो समय सीमा क्षेत्रमा सञ्चालन भएका होटलका लागि क्यासिनो अनिवार्य जस्तै भएको छ । फुल क्यानिसो सञ्चालनका लागि पाँच तारे होटल चाहिन्छ । तर आधुनिक मेसिन तथा उपकरणका माध्यमबाट क्यासिनो सञ्चालनका लागि चार तारे होटल भए पुग्छ । सोही नीतिगत व्यववस्थाका कारण सीमा क्षेत्रमा बन्ने अधिकांश तारे होटलले चार तारे स्तरीकरणको प्रमाण पत्र लिएका छन चार तारे स्तरीकरणको प्रमाण पत्र लिनुको एउटै उद्देश्य क्यासिनो सञ्चालनका लागि हो । सुरुवाती चरणमा नेपालगञ्जका केही होटलमा मात्रै क्यासिनो सञ्चालन भएको थियो । पछिल्लो समय निर्माण भएका होटलले पनि क्यासिनोसँगै होटलको व्यापारलाई देख्न थाले । उनीहरूले पनि क्यासिनो सञ्चालनको लागि तयारी गरेर काम गरे। क्यासिनो नियमावलीका कारण कतिपय क्यासिनो सञ्चालन भएका तारे होटलमा क्यासिनो सञ्चालन हुन सक्ने अवस्था थिएन यस्तो अवस्थामा नगरले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्दछ ।

क्यानिसो सञ्चालन नियमावली २०७० मा सीमा क्षेत्रबाट ५ किलोमिटरको दुरीभित्र सञ्चालन भएको होटलमा क्यासिनो सञ्चालन गर्न नपाउने कानूनी व्यवस्था थियो छ । सरकारले पनि क्यासिनोमा विदेशी लगानी पनि भित्र्याउने र डलर तथा विदेशी मुद्रा आर्जनका लागि उपयुक्त हुने भन्दै सीमा क्षेत्रमा क्यासिनो सञ्चालनमा केही सहजता गर्ने प्रक्रिया सुरु गरेको थियो । सोहीअनुसार क्यासिनो नियमावलीको २०७० को चौथो संशोधन भयो । उक्त संशोधनमा सीमा नाकाबाट ५ किलोमिटरभित्र सञ्चालन भएका होटलमा क्यासिनो सञ्चालन गर्न नपाउने व्यवस्थालाई ३ किलोमिटर भित्र भन्ने बनाइयो । यो संशोधनले नै सीमा क्षेत्रमा सञ्चालन भएको होटलहरूलाई क्यासिनो हबको रुपमा विकास गर्न सहज भयो । पर्यटन विभागले क्यासिनो नियमावलीसँगै उपत्यका बाहिरको तारे होटलको स्तरीकरणको केही मापदण्ड पनि परिमार्जन र्गयो । विभागले उपत्यका भित्र ८० रुमका होटलले चार तारेस्तरको वर्गीकरणमा पर्ने थिए भने एक सयवटा रुपमा भएका होटलले पाँच तारे स्तरणको प्रमाणपत्र पाउँथे। फुल क्यासिनो सञ्चालनका लागि पाँच तारे होटल र आधुनिक मेसिन तथा उपकरणका लागि चार तारे स्तरको होटल चाहिने व्यवस्था थियो।
यो नियम उपत्यकासँगै देशभरका लागि एउटै थियो। यो व्यवस्थाले पनि केही होटलमा क्यासिनो सञ्चालानका लागि असहज भएको भन्दै विभागले उपत्यकाबाहिर ८० रुमलाई पाँच तारे र ६० रुम भएको होटललाई चार तारे स्तरको प्रमाण पत्र दिने गरी स्तरीकरण मापदण्ड जारी र्गयो। जुन व्यवस्थाका कारण पनि सीमा क्षेत्रमा आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट क्यासिनो सञ्चालन गर्नका लागि सहज भएको थियो। सरकारी दुई नीतिगत परिर्वतनका कारण सीमाक्षेत्रमा सञ्चालन भइरहेका होटलहरू अहिले क्यासिनो हब बनेको एक होटल व्यवसायीले बताए।

क्यसिनो सञ्चालन गर्ने कम्पनीले कस्तो खालको क्यासिनो सञ्चालन गर्ने हो, सोहीअनुसार होटलबाट स्वीकृत लिनु पर्छ। फुल क्यासिनो सञ्चालनका लागि पाँच तारे होटल र आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट क्यासिनो खेल सञ्चालन गर्ने हो भने चार तारे होटलको स्वीकृति चाहिन्छ। त्यसमा पनि रेष्टुरा, स्वीमिङ, स्पा लगायतको आधारभूत सबै सेवा क्यासिनोमा आउनेहरूले पाउने गरी सुनिश्चित भएको हुनुपर्छ। यो सबै सेवा क्यासिनो कम्पनीले होटलसँग भाडामा लिने गरी सम्झौता गरेका हुन्छन्। क्यासिनो खेल्न आउनेले होटलकै रुम प्रयोग गर्ने छन्। यसमा पनि होटल व्यवसायीलाई फाइदा नै हुन्छ। सीमा क्षेत्रमा सञ्चालन भएको होटलको मुख्य आम्दानीको स्रोत नै क्यासिनो र क्यासिनोमा आउने ग्राहकले गर्ने खर्च हो। नेपालगञ्ज उपमहानगरपालिाकाले पनि क्यासिनो सम्वन्त्री छुट्टै मापदण्ड बनाउन जरुरी देखिन्छ यसले नगरको राजस्व बढाउन मात्रै नभई नगरमा वेरोजगार रहेका युवा युवतीहरुलाई रोजगारको माध्यमको रुपमा क्यासिनो लिन सक्नुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर