अनिश शाह
नेपालगञ्ज एक व्ययापारीक शहर मात्रै नभएर एक तालतलैयाहरुको हरको रुपमा पनि रहेको छ । भौगोलिक हिसावले नेपालगञ्ज उपमहानगरपालिका पूर्वमा– डुडुवा गाऊपालिका, पश्चिममा– जानकी गाऊपालिका, उत्तरमा– जानकी गाऊपालिका र कोहलपुर नगरपालिका र दक्षिणमा डुडुवा गाऊपालिका र मित्रराष्ट्र भारतको सीमाना पर्दछ । भारतसंग यस उप–महानगरपालिकाको वडा नं. १५ र १६ को सीमा जोडिएको छ । जनगणना २०७८का अनुसार उप–महानगरपालिकाको कूल जनसंख्या १,६४,४४४ मध्ये पुरुष ८२,७५५ र महिला ८१,६८९ र घरधुरी ३४,५६५ रहेको छ ।
पर्यटन भनेको नदेखेको ठाउँमा पुग्नु, पुगेका ठाउँमा देखिएका नयाँ नौला कुराहरुसंग रमाउने हो । पर्यटनको यात्राले रमाइलो मात्र होइन शारीरिक र मानसिक स्वास्थ्यमा पनि फाइदा हुन्छ । नयाँ ठाउँको यात्राले पर्यटकहरुलाई नयाँ अनुभूती हुन्छ । नयाँ खाना, नयाँ वातावरण र फरक भाषा स्थानीय संस्कृति र नयाँ ठाउँहरुको बारेमा पर्यटकलाई जान्ने अवसर हुन्छ । मानिस स्वभावले नै विविधता मन पराँउछ चाहे जेसुकै कुरामा होस । उसलाई नयाँ नयाँ साथी, ठाउँ, घर अनि खाना मन पर्दछ । शहर बजारमा बसेका मानिस हिमाल र पहाड देखेर रमाँउदछन । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न खोज्दछ । पर्यटक को हो ? कसलाई पर्यटक भन्ने ? पर्यटन शब्दको शाब्दिक अर्थ भ्रमण अर्थात घुमफिर हो । घुमफिरले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन पर्यटकहरुले रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन अनुसन्धान गर्न सक्दछन । जिल्ला भित्र धार्मिक एवंंम पर्यटकीय स्थलहररु धेरै रहेको पाइन्छ । केही धार्मिक तथा पर्यटकीय स्थलहरु चर्चामा रहेको छ भने कतिपय पर्यटकीय स्थलहरु प्रचारप्रसार नभएको कारणले गर्दा चर्चामा आउन सकेको छैन ।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा विभिन्न तालतलैयाहरु रहेका छन् । पर्यटनको प्रचुर सम्भावना रहेको नेपालगञ्जको प्रमुख ताल वाटर पार्क रहेको छ । वि।सं। २०६५ मा सुरु भएको वाटर पार्क ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ रहेको छ । नेपालगन्जको धम्बोझीमा अवस्थित वाटर पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनः निर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटर पार्क सहरको बिच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन । वाटर पार्कको पुनः निर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपालगन्जमा गर्मी बढेसँगै वाटर पार्क घुम्न, साँझ शीतलमा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन । आसपासमा खुला चौर भएकाले पनि शीतल हावा आउँछ । चुच्चे आकारको फराकिलो वाटर पार्कको सौन्दर्यमा समय बितेको पत्तै नहुने स्थानीय बताउछन् ।

यस्तै नेपालगञ्जको अर्को ठूलो तालको रुपमा रहेको कान्ति ताल । नेपालगञ्ज उपमहानगरपालिकाको २१ र २२ नम्बर वडामा पर्ने कान्ति ताल वर्षैंदेखि बेवारिसे अवस्थामा रहेको थियो ताललाई नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीय स्थलको रूपमा विकास गर्दै अघि बढेपछि कान्ति तालको मुहार फेरिएको छ । कान्ति ताल २५ बिघामा फैलिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले यस ताललाई संरक्षण गर्ने हो भने बाहिरी तथा आन्तरिक पर्यटकका लागिलागी गन्तव्य बन्न सक्छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा रहेको अर्को ताल रानी तलाउ हो । नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित रानी तलाउको पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएपछि अहिले यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ ।दिनभर काममा खटिने उद्योगी, व्यापारी, पेशाकर्मी, गृहिणी र विद्यार्थीका लागि जलविहार गरी थकाइ मेटाउन रानीतलाउ एउटा उपयुक्त गन्तव्य बन्दै गएको उल्लेख गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकिय स्थलको रुपमा विकास गर्न तालको गुरु योजना तयार गरि पानी संचित गर्ने आवस्यक परेको खण्ड सिचाइ गर्ने ताललाई व्यवस्थित गरी पर्यटकीय गतिविधि बढादा पालिकाको राजस्व बढ्ने हुँदा तालको विकास र संरक्षण गर्नको लागि सबैले आफ्नो ठाउँबाट पहल गर्दा त्यसको विकास मात्रै नभई पर्यटकीय स्थलको रुपमा विकास गर्न तालको गुरु योजना तयार गरि तालमा पानी संचित गर्ने, उपमहानगरले मोटरबोट सञ्चालन गर्ने तथा आवस्यक परेको खण्डमा सिचाइ गर्ने लक्ष्य बनाउनुपर्दछ ।
पछिल्लोसमय पर्यटकको रोजाईको रुपमा तालहरुमा सञ्चालन भएका मोटरबोट परेका छन् । मोटर बोटकै कारण वाटरपार्कमा पर्यटकको संख्यामा वृद्धि भएको छ यसले नगरको राजस्वमा पनि सहयोग पुर्याएको छ । अब उपमहानगरपालिकाले नगरमा रहेका तालहरुमा मोटरबोट सञ्चालन गरी तालहरुलाई तालको स्वरूपमा बदल्दै पर्यटकीय गन्तव्य बनाउनतिर योजना निमार्ण गर्नुपर्दछ । नगरले तालको माध्यमबाट आम्दानीको स्रोत बढाउदै जानुपर्दछ । नगरले जलकुम्भी र फोहोरले भरिएको तालको अस्तित्व सङ्कटमा परेको अवस्थामा फोहोर सफा गरी मोटरबोट सञ्चालनमा ल्याउने पर्यटक प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ ।



