लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघ विभागीय कमिटीले नेपालगञ्जमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार नेपालगञ्ज मेडिकल कलेजमा लर्ड बुद्ध कर्मचारी संघ विभागीय कमिटीको आयोजना तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको समन्वयमा उक्त कार्यक्रम भएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँकेको सहयोगमा सम्पन्न भएको कार्यक्रममा करिब १ सय युनिट रगत संकलन भएको कार्यक्रम संयोजक लक्ष्मी गिरीले बताईन् ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि कर्मचारी संघ विभागीय कमिटी नेपालगञ्जका सभापति बिजय कुमार त्रिपाठीको अध्यक्षता, संघ केन्द्रिय अध्यक्ष यम बहादुर खड्काको प्रमुख आतिथ्यता, नेपालगञ्ज मेडिकल कलेजका सिईओ सन्तोष कुमार बि एन, मेडिकल कलेजका उप निर्देशक डा.सन्तोष कुमार शर्मा, उप निर्देशक डा. कुमार पोखरेल, रक्तसंचारका प्रमुख राजेन्द्र कुमार महतरा, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि कर्मचारी संघ विभागीय कमिटीका केन्द्रीय केन्द्रीय उप सभापति कृष्ण बुढा क्षेत्री, महासचिव नारायण प्रसाद पोखरेल, केन्द्रीय नि वर्तमान सभापति सुवास खनाल, चिसापानी विभागीय सभापति बम बहादुर केसी, उपाध्यक्ष राजेश कुमार गुप्ता , कोषाध्यक्ष माधव वर्नावाल, प्रेस युनियन लुम्बिनी प्रदेशका उप सभापति जय सिंह केसी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यम बहादुर खड्काले ब्लड बैङ्कमा सबै समूहको रगत अभाव छ कुनै दुर्घटना तथा शल्यक्रिया, प्रसूति लगायतका आपत्कालीन उपचार चाहिने बिरामी रगत नपाएकै कारण जीवन र मरणको अवस्थामा अस्पतालको शय्यामा छटपटाइरहेका हुन्छन त्यस्ता बिमारीका लागि यस्ता कार्यक्रमहरुले धेरै सहयोग हुने बताउनुभयो ।

उक्त कार्यक्रममा विभिन्न व्यत्तित्वहरुले सम्पूर्ण रक्तदाताहरु प्रति विशेष धन्यवाद प्रकट गर्दै रक्तदानको महत्वको बारेमा प्रकाश पारेका थिए ।



