भारतमा चोरी भएका मोवाईल नेपालगञ्जमा छ्यापछ्याप्ती

अनिश शाह
बाँके । भारतमा चोरी भएका मोवाईल नेपालगञ्जमा बेचविखन गर्ने एक समुहलाई बाँके प्रहरीले मोवाईलसहित पक्राउ गरेको छ।

प्रहरीले जेठ ४ गते साझ बागेश्वरी मन्दिर नजिकै रहेको केसी मोवाईल सेन्टरबाट भारतमा चोरी भएका मोवाईल अन लक गदै गर्दा ७७ थान मोवाईल सहित २ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका २ जनाको सामान्य सोधपुछबाट राति थप १ जनालाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नारायण डाँगीले चोरी भएका मोवाईल अन लक गरी बेच्ने समुहलाई नियन्त्रणमा लिएको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका थिए ।

तर प्रहरीले नियन्त्रणमा लिएका तिनै जनालाई २४ घण्टा नबित्दै रिहा गरेको छ ।

प्रहरीले मोवाईलसहित पक्राउ परेका व्यक्तिलाई चोरी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाएको छैन् र चोरी निकासी पैठारी गरी ल्याएका मोवाईल भन्सार कार्यालयलाई समेत बुझाएको छैन् ।

समान्य घटना घट्दा सञ्चारमाध्यमहरुलाई सूचाना दिने बाँके प्रहरीले ७७ वटा मोवाईल सहित ३ जना पक्राउ गर्दाको सूचना भने गोप्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार