नेपालगन्जका संस्थागत विद्यालय र पुस्तक पसलेको सिण्डिकेट, मारमा अभिभावक र विद्यार्थी

अनिश शाह
नेपालगञ्ज । नेपालगन्जका संस्थागत विद्यालय र पुस्तक पसलेको सिण्डिकेटका कारण मारमा अभिभावक र विद्यार्थी परेका छन् ।

नेपालगञ्जका संस्थागत विद्यालयहरूले तोकिएको स्टेसनरीबाट मात्र किताब किन्ने र स्कुलको पोसाक पनि एउटा पसलबाट नै किन्नुपर्ने बाध्यता बनाएका छन् । तर अनुगमनको गर्ने निकाय नेपालगञ्ज उपमहानगरपालिका भने देखे नदेखेको गरी बसिरहेको छ ।

एक अभिभावले भने बाहिर खोज्दा हत्तपत्त स्कुलले भनेको किताब पाइँदैन, स्कुलले भनेको ठाउँमा पुग्दा, त्यहाँ छुट पाइँदैन । यो त सिन्डिकेटजस्तै भएन र रुु यसरी विद्यार्थीले पाउने छुट कसले खाइराखेको छ उनले प्रश्न गरे । तर, आफूले छुट नपाउँदा बर्सेनि महँगो रकम तिरेर किन्नुपरेको बाध्यता उनी बताउँछन् ।

नयाँ शैक्षिक सत्र सुरु भए देखिनै नेपालगञ्जका चिया पसलहरुमा नेपालगञ्ज उपमहानगरपालिकाले विधालयमा गरेको अनुगमन तथा पाठ्यपुस्तको बारेमा व्ययापक छलफल हुने गरेको छ । यसै क्रममा एक पुस्तक व्यापारीले भन्दै थिए ड्रेसमा जस्तै पुस्तकमा पनि स्कुलले कमिसन लैजान्छ । हामीले पनि नाफा अलिकति नाफा लिनैपर्छ । स्कुल र विद्यार्थी दुवैलाई छुट दिँदा हामीलाई नाफा हुँदैन,ु स्कुललाई १० देखि २० प्रतिशतसम्म कमिसन दिने गरेको दाबी गरे ।

यता स्कुलहरुले भने विद्यार्थीलाई सहज बनाउनकै लागि एउटै स्थान तोकिदिएको बताउँछन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले शुल्क कार्यान्वयनको अवस्थाबारे विद्यालय अनुगमन गरे पनि पाठ्यपुस्तकमा भएको सिण्डिकेटको बारेमा अनुगमन गरेको छैन् ।

नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत संचालित संस्थागत विद्यालयहरुलाई शुल्क सम्बन्धि मापदण्ड अक्षरशस् पालना गर्न निर्देशन दिइएको छ । नगर प्रमुख प्रशान्त विष्टले संस्थागत विद्यालयका प्रधानाध्यापक एवम् प्रतिनिधिहरु उपस्थित कार्यक्रममा ११ बुँदे निर्देशन जारी गर्दै शुल्क सम्बन्धि मापदण्ड अक्षरशस् पालना गर्न निर्देशन दिएका थिए तर विधालयहरूले तोकिएको स्टेसनरीबाट मात्र किताब किन्ने विषयमा छलफल नै गरेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार