बर्दिया, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने ५७ वर्षीय साहिल अहमद मनिहारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
साहिलले ती महिलालाई बिहीबार राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



