बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा एक जना युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार स्थानीय २०/२२ वर्षीय युवक अरबी खाँको हत्या गरिएको अवस्थामा आइतवार विहान १० बजेतिर शव फेला परेको हो ।

घाटीमा हतियार प्रहार गरेर खाँको हत्या गरिएको डाँगीले बताउनुभयो। मृतक खाँको शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको छ ।

घटनारातीको भएपनि प्रहरीले घटनाबारे विहानमात्रै थाहा पाएको थियो । अरबी पूर्व वडाअध्यक्ष रन्जित खाँका नाती भएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डागिले बताउनु  भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार