नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नंम्बर ११ मा भएको शिव मन्दिरमा व्यक्तिले बनाएको घरलाई भत्काउन नेपालगन्ज उपमहानगरपालिकाका मेयरले ढिलासुस्ती गरेका छन् ।

नेपालगन्जमा रहेको दैलाखी बंगला, लगायतको ठाउँमा गरिबको झुपडीमा डोचर चलाउन आदेश दिने मेयरले आफ्नै पार्टीका कार्यकर्ताको घर भएको वडा नं ११ सुनार मण्डी नीर भएको सार्वजनिक जग्गामा व्यक्तिले घर बनाएको मा उच्च अदालतले भत्काउन आदेश दिदा वडा अध्यक्ष नन्दकिशोर कश्यपले पहल गर्दा मेयरले ढिलासुस्ती गरेको बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ सुनार मण्डिमा रहेको कित्ता नं ७१ मा रहेको १४ धुर जग्गामा सपना गुप्ताको परिवारले आफ्नो नीजि घर बनाएर बसोबास गररिहेको स्थानीयले बताए ।

उक्त सार्वजनिक जग्गामा बनेको घरलाई भत्काउन र खालिगर्न  वडा कार्यालयले मिति २०७९ फागुन २ गते ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनालाई वेवास्ता गरेपछि पुनः २०८० बैशाख ३ गते ७ दिने सूचना दिएको वडा अध्यक्ष कश्यपले बताए ।

उक्त सार्वजनिक जग्गामा घर बनाएका व्यक्ति सपना गुप्ताले घर आफ्नो भएको र शिव मन्दिरमा आफ्नो जग्गा मिचिएक‍ो भनेर रिट मुद्दा दायर गरेकोमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले २०८० मंसिर २७ गते न्यायाधीश टंकप्रसाद गुरुङले अन्तरिम आदेश र निषेधाज्ञा जारी गरेको वडा अध्यक्ष कश्यपले बताए ।

उक्त जग्गामा बनेको भवन संरचना भत्काउन वडा अध्यक्ष कश्यपले नेपालगन्ज उपमहानगरपालिकासंग अनुरोध गर्दा त्यहाँबाट अमिनको टोली गएर नापजाँच गर्दा उक्त जग्गामा भएको घर शिव मन्दिरको भएको  प्रतिवेदन २०८० फागुन १ गते  पेश गरेपछि उपमहानगरपालिकाको कानुन शाखाले पनि उक्त जग्गा शिव मन्दिरकै भएको सदर गरेपछि मेयर प्रशान्त विष्टले पनि फागुन ३० मा सदर गरेका थिए ।

उक्त समयमा पनि मेयर विष्टको आलटाल पछि नेपालगन्ज उपमहानगरपालिकाले ७ दिने सूचना दिएको र यहीँ समयमा नेपालगन्ज उपमहानगरपालिका लगायत राजनीतिक आडमा सपना गुप्ता परिवारले पुनः उच्च अदालत नेपालगन्ज रिट दिएको नेपालगन्ज उपमहानगरपालिकाले मौखिक रुपमा जानकारी गराएको तर आफुलाई अदालतले कुनै जानकारी नदिएको उनले बताए । उक्त रिट निवेदनको सुनुवाइ यहीँ चैत १८ गते हुने सुन्नमा आएको वडा अध्यक्ष कश्यपले बताए ।

मेयर प्रशान्त विष्ट लगायत राजनीतिक आडमा सार्वजनिक जग्गालाई पनि आफ्नो बनाएको भन्दै स्थानीय वडा नं ११ सुनार मण्डी नजिकै बसोबास गर्ने रिसले चुर भएका छन् । वडा कार्यालयले उक्त भवन भत्काउन पत्राचार गर्दा मेयरले रोकेको नन्द किशोर बैश्यले बताउनुभयो । स्मरण रहोस् उक्त जग्गामा घर बनाएका व्यक्तिको नजिकैको नातापर्ने व्यक्ति वडा नं ११ का निर्वाचित सदस्य जितेन्द्र कुमार गुप्ता नेपाली कांग्रेसका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार