बाँके : बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा   सञ्चालनमा रहेको जे.एस. इङलिस बोडिङ्ग स्कुलको १३ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा शनिबार विभिन्न कार्यक्रम गरेर वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

विद्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा गत वर्षको नतिजामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरु, अनुशासन, लगनशीलता रहेका विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा प्रमाणपत्र वितरण गरिएको हो ।

विद्यालययको वाषिर्कोत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा जानकी गाउँ पालिका शिक्षा प्रमुख कृष्णा कुमारी भण्डारी, विशिष्ट अतिथिमा जानकी गाउँपालिकाका सामाजिक शिक्षा संयोजक राम अचल धोवी, अतिथिहरुमा पाल्पाली समाज बाँकेका अध्यक्ष रामप्रसाद पोखरेल, समाजसेवी के.पी. घिमिरे लगायतको उपस्थिति रहेको थियोे ।
प्रमुख अतिथि भण्डारीले जानकी गाउँपालिकामा रहेका ३९ वटा सामुदायिक र निजी विद्यालयहरु जे.एस. इङलिस बोडिङ्ग स्कुल सबैभन्दा उत्कृष्ट विद्यालय रहेको बताउनुभयो । हामीले यस विद्यालयका सबै क्रियाकलापलाई नजिकैबाट नियालेर हेरेका छौँ हामी विद्यालयका हरेक गतिविधिबाट खुसी छौं उहाँले भन्नुभयो ।

उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मुना हमालले अभिभावकहरुको साथ र सहयोग, शिक्षक शिक्षिकाको अथ प्रयासका बाबजुद छोटो समयमा यो ठाउँमा पुग्न सफल रहेको र आगामी दिनहरुमा पनि सबैको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो । उहाँले कक्षा १० मा एस ई ई परीक्षा दिने विद्यार्थीहरुलाई लगनशील भएर उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी भएको बताउनुभयो ।

उक्त विद्यालयका सञ्चालक समितिका सदस्य तथा निर्वतमान व्यवस्थापन समिति अध्यक्ष दामोदर घिमिरेले विद्यालयले आफ्नै भवन बनाउन लागेको हुदा अभिभावकहरुले शिक्षाको कत्ति चिन्ता नगरी निर्धक्क आफ्ना बालबालिकालाई भर्ना गराउन अनुरोध गर्नुभयो ।

अभिभावक माधवप्रसाद पोखरेलले जे.एस. इङलिस बोडिङ्ग  स्कुलमा आफ्ना छोराछोरी पढाउन पाउँदा खुसी भएको र छोटो समयमै विद्यालयल,गरेको प्रगतिको जति प्रशंसा गरेपनि कम हुने बताउनुभयो ।

कार्यक्रम सभा अध्यक्ष सोही विद्यालयका सञ्चालक समितिका अध्यक्ष तेजबहादुर थापाले विद्यालय छोटो समयमै यहाँसम्म पुग्नका लागि सहयोग गर्नुहुने विद्यालय परिवार, अभिभावक, शुभचिन्तक सबैलाई धन्यवाद दिनुभएको छ ।

विद्यालयका सह प्राचार्य महेन्द्र सेढाई र शिक्षिका सिर्जना काफ्लेले सञ्चालन गरेको १००० बढी विद्यार्थी तथा अभिभावक उपस्थित रहेको  कार्यक्रममा प्रमुख अतिथि भण्डारी, शिक्षा समिति संयोजक राम अचल धोवी, पत्रकार तथा समाजसेवी  केपी घिमिरे, समाजसेवी माधवप्रसाद पोखरेल, अतिथि जीत बहादुर बर्मालाई मायाको चिनो प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ट नाँच देखाएको भन्दै नाँचबाट प्रभावित भएर पत्रकार के.पी. घिमिरेले दुईजना विद्यार्थीहरुलाई रु ५०० का दरले नगद पुरस्कार दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार