मंगल प्रसाद मा.वि. मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरु द्वारा होटल सिर्द्धार्थ भिजिट गरियो ।

नेपालगन्ज :   शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरु मध्ये आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ मा  रहेको मंगल प्रसाद मा.वि. नेपालगन्जमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुद्वारा होटल सिर्द्धार्थ हस्पिटालिटीमा भिजिट गरेका छन् ।

शनिवार सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुदलाई होटल म्यानेजमेन्ट विषयको  प्राटिक्कल गर्नको लागि लगिएको सोही विद्यालयका संयोजक दामोदर घिमिरेले बताउनुभयो ।

उक्त होटलका एफ. एण्ड बि. म्यानेजर सिताराम पोखरेल, एक्जुकेटिभ सेफ चिफ कृष्ण हमालले विद्यार्थीहरुलाई प्रशिक्षण गर्नु भएको थियो । विद्यार्थीहरुद्वारा होटल लाइनको भविष्य बारेमा जिज्ञासा राखेका थिए ।

उक्त प्रशिक्षण तथा भिजिट कार्यक्रममा सोही विद्यालयमा होटल म्यानेजमेन्ट विषय अध्यापन गर्नुहुने शिक्षक बिबेक पाण्डे, सनराइज एकेडेमी एण्ड हस्पिटालिटीका प्रिन्सिपल रमेश खनाल लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार