नेपालगन्ज : अनेरास्ववियु (क्रान्तिकारी ) बाँकेलेे २९ औं जनयुद्ध दिवसको पावन अवसरमा जनयुद्ध र यसका उपलब्धिहरु नामक शीर्षकमा गरेको जिल्ला स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।
अनेरास्ववियु (क्रान्तिकारी ) जिल्ला कमिटीको आयोजनामा गरिएको उक्त वक्तृत्वकला कार्यक्रममा विभिन्न विद्यालयका १८ जना सहभागी भएका थिए । उक्त संगठनको बाँके जिल्ला कार्यबाहक अध्यक्ष सुनिल बटालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारी केन्द्रीय उपमहासचिव तुल्सीमणि के.सी., विशिष्ट अतिथि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख डा. लालमणि आचार्य, अतिथिहरुमा अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश मुख्य सचिव राजेन्द्र विष्ट, बाँके जिल्ला इन्चार्ज सुरेन्द्र शाही जम्वो, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिव हरेन्द्र बि.क. लगायतका रहेका थिए ।
लक्ष्मण मानवले सञ्चालन गरेको उक्त कार्यक्रममा क्याम्पस प्रमुख डा. लालमणि आचार्यले यदि देशमा जनयुद्ध सुरुवात नगरिएको भए यसरी मन्चमा आएर बोल्न सक्ने परिस्थिति हुदैनथ्यो, पञ्चायत कालको स्मरण गर्दै उहाँले अहिले जनयुद्ध पश्चात् सबै जातजाति, भाषाभाषी सबैलाई जनयुद्धको जगमा समानता ल्याएको कहिल्यै बिर्सन नहुने बताउनुभयो ।
लुम्बिनी प्रदेश प्रमुख सचिव राजेन्द्र विष्टले देशमा संघियता, धर्मनिरपेक्ष, जातीय विभेदको अन्त, लोकतान्त्रिक गणतन्त्र सबै जनयुद्धको जगमा स्थापना भएको बताउदै यसलाई संस्थागत गर्न सबै लाग्नुपर्ने बताउनुभयो । प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव तुल्सीमणि के.सी. ले बाँके जिल्लामा आफ्नो संगठन चलायमान भएको देख्दा खुसी लागेको बताउदै अझै रचनात्मक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
उक्त कार्यक्रम जनसांस्कृतिक महासंघ बाँकेको टीमले सांस्कृतिक नाँच देखाएर कार्यक्रमलाई रौनक बनाएको थियो । वक्तृत्वकलाको निर्णायक मण्डलमा डा. इन्द्र बहादुर भण्डारी र मिना कंडेल रहनु भएको हो । उक्त वक्तृत्वकलामा
प्रथम स्थान हासिल गर्न सिद्देश्वर मा.वि. राप्ती सोनारीका सुदिप बहादुर कुमालले सफल भएका छन् भने द्वितीय स्थान हासिल पार्न दामोदर शर्मा होलिल्याण्ड मा.वि.का छात्रले सफल भएका छन् त्यसैगरी तृतीय स्थान जित्न जि.भि.एन. मा. वि.कि छात्रा नैना घिमिरे सफल भएकी छिन् ।
कार्यक्रमका विजेताहरुलाई क्रमश ८ हजार, ५ हजार, र ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियोे भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।



